प्रदेश ३ सरकारको योजना आयोगमा सदस्य थप

१६ चैत्र २०७५, शनिबार ०९:१८ मा प्रकाशित

हेटौँडा, १५ चैत । प्रदेश ३ सरकारको मन्त्रिपरिषद्ले प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य थप गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेललकोअध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले डा रेणु राजभण्डारी र डा रामचन्द्र ढकाललाई सदस्यमा नियुक्त गरेको हो । उहाँहरुको नियुक्तिसँगै अब प्रदेश नीति तथा योजना आयोग चार सदस्यीय बनेको छ । डा खिमलाल देवकोटा उपाध्यक्ष रहनुभएको आयोगमा यसअघि उपाध्यक्षबाहेक श्याम बस्नेत एक जना मात्र सदस्य हुनुहुन्थ्यो । मुख्यमन्त्री नै अध्यक्ष रहने सो आयोगमा मुख्यमन्त्रीबाहेक पाँच जना रहनुपर्ने प्रावधान भएकाले थप एक जना नियुक्त गरिने आयोगका उपाध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७