आठौँ राष्ट्रिय खेलकूद वैशाखमा

१५ चैत्र २०७५, शुक्रबार २१:०७ मा प्रकाशित

काठमाडौँ, १५ चैत । आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आज बसेको बोर्ड बैठकले प्रदेश नं ५ मा हुने उक्त प्रतियोगिताको मिति तय गरेको हो ।

यसअघि बसेको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता यही चैत २५ गते उद्घाटन गर्न प्रस्ताव गरेको थियो । पछिल्लो समय राखेप सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन यही चैत २७ गते हुने बताउँदै आउनुभएको थियो । नेपालगञ्ज रङ्गशालाको भिआइपी प्यारापिटको निर्माण सम्पन्न नहुँदा प्रतियोगिताको मिति अनिश्चित बनेको थियो । अहिले प्यारापिटको काम तीव्र गतिमा अघि बढेका कारण आज नयाँ मिति तय गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित