दीपेश र रशिलालाई ब्याडमिन्टन उपाधि

१५ चैत्र २०७५, शुक्रबार २१:०६ मा प्रकाशित

काठमाडौँ, १५ चैत । एपिएफका दीपेश धामी र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले १५औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पारेका छन् ।

पुरुष एकलमा एपिएफका दीपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१÷ १२, १८÷२१, २१÷१४ ले पराजित गर्दै उपाधि हात पारेका हुन् । उपाधिसहित उनले रु ६० हजार प्राप्त गरे । त्यस्तै महिला एकलतर्फ अघिल्लो संस्करणकी उपविजेता आर्मीकी रशिला महर्जनले उपाधि उचालिन् । उनले रु ५० हजारसहित ट्रफी प्राप्त गरिन् । उनले एपिएफकी जेशिका गुरुङलाई २१÷१४, १३÷२१, २१÷१८ ले पराजित गर्दै उपाधि उचालेकी हुन् ।

यस्तै पुरुष युगल गत संस्करणका उपविजेता एपिएफका दीपेश धामी र विजीत थापा मगरले ट्रफी उचाले । धामी र मगरको जोडीले आर्मीका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीमाथि २१÷१६, २१÷४ को सहज जीत निकाले । महिला युगलतर्फ एपिएफकी पूजा श्रेष्ठले आफ्नो साख जोगाइन् । उनले जेशिका गुरुङसँग मिलेर महिला एकलकी विजेता आर्मीकी रशिला महर्जन र अनुमाया राईको जोडीलाई पराजयको स्वाद चखाइन् । श्रेष्ठ र गुरुङको जोडीले महर्जन र राईको जोडीलाई २१÷१०, २१÷१९ को सोझो सेटमा पराजित गरे ।

प्रतियोगितामा पुरुष एकल र युगलका शीर्ष दुईले रु ६० र ३० हजार तथा तेस्रो स्थानका दुईले रु २५ हजार प्राप्त गरे । महिला एकलतर्फ शीर्ष दुईले रु ५० हजार र २५ हजार तथा तेस्रो हुनेले रु १२ हजार ५०० प्राप्त गरे । महिला युगलतर्फ प्रथम हुने जोडीले रु ४० हजार, दोस्रो जोडीले रु २५ हजार र तेस्रो जोडीले रु १० हजार प्राप्त गरे ।

विजयी खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । बुधबार साफ

काठमाडौं । अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम