नेविसङ्घको तदर्थ समिति एक साताभित्र : सहमहामन्त्री महत

१५ चैत्र २०७५, शुक्रबार २१:०० मा प्रकाशित

चितवन, १५ चैत । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । नेता डा महतले यसअघि नेविसङ्घ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको बताउँदै गठित तदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गरी सक्नुपर्ने उहाँले बताउनुभयो ।

नेता डा महतले नेविसङ्घको विधानअनुरुप अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्छ तर तदर्थ समितिमा भने उमेरको हद लागू नहुने बताउँदै सरकारका काम कारवाही चित्त बुझ्दो नरहेको आरोप लगाउनुभयो ।

लगानी सम्मेलन महत्वपूर्ण भएपनि यसका लागि सरकारले व्यापक गृहकार्य गर्न नसकेको बताउँदै उहाँले सम्मेलनलाई सबैले सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट

आजको प्रमुख समाचार