साहित्यकार डा कृष्णजङ्ग राणाको ‘तलाश’ सार्वजनिक

१५ चैत्र २०७५, शुक्रबार २०:५० मा प्रकाशित

काठमाडौँ, १५ चैत । साहित्यकार डा कृष्णजङ्ग राणाको हिन्दी भाषामा लेखिएको गजलसङ्ग्रह ‘तलाश’ सार्वजनिक गरिएको छ ।

कृष्णचन्द्र मिश्र पब्लिकेशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार डा रामदयाल राकेश, कालीप्रसाद रिजाल र वसन्त चौधरीले उक्त सङ्ग्रहको सार्वजनिक गर्नुभएको हो । साहित्यकार रिजालले कवि राणाका गजलले नेपालको गजलसाहित्यमा विशिष्ट योगदान पुर्याउने धारणा राख्नुभयो ।

साहित्यकार चौधरीले नेपाली र हिन्दी साहित्यमा पहिचान बनाइसक्नु भएका कवि राणाको गजलसङ्ग्रहले दुवै भाषाको साहित्यलाई समृद्ध बनाउन योगदान दिने बताउनुभयो । साहित्यकार डा स्वेता दिप्तीले गजलमा हिन्दी र उर्दुको मिश्रण रहेको उल्लेख गदै कविले आफ्ना अन्तरमनका कुरा राखेको बताउनुभयो । साहित्यकार डा राकेश, कवयत्री शान्ति शर्मा, पुष्पा ठाकुरलगायतले गजलसङ्ग्रहमा भएको गजल वाचन गर्नुभएको थियो ।

साहित्यकार राणाले प्रकृतिमा भएका मायाको बारेमा गजल लेखिएको बताउनुभयो ।
“माया विभिन्न तवरबाट हुन्छन् । व्यक्ति, समाज, प्रकृतिलगायतका रहेका हुन्छन्’ उहाँले भन्नुभयो, “मायालाई गजलमार्फत प्रस्फुटन गर्ने प्रयास गरिएको छ ।” गजलसङ्ग्रहमा ८७ वर्षीय राणाका ८७ गजल छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति