‘राष्ट्रियता बलियो बनाउन दलहरुबीच एकता आवश्यक’

१५ चैत्र २०७५, शुक्रबार २०:४७ मा प्रकाशित

काठमाडौँ, १५ चैत । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रियता बलियो बनाउन दलहरुबीच एकता आवश्यक भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकमा सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्र र राष्ट्रिय अखण्डताका लागि राजसंस्थासहितको प्रजातन्त्र कायम गर्नुपर्ने बताउनुभएको छ ।

पछिल्लो समय राष्ट्रियता कमजोर हुँदै गएकाले सबै राजनीतिक शक्तिहरुबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राष्ट्रियताको संरक्षण र समृद्धिका लागि सबै राजनीतिक दलबीच सहकार्य र एकता हुनुपर्नेमा जोड दिनुभयो । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने भने पनि वाइड बडी प्रकरणको छानबिन नगरेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अर्का अध्यक्ष पशुपति शम्शेर जबराले उक्त पार्टीले हिन्दू राष्ट्र कायम गर्न, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारविरुद्ध देशव्यापी रुपमा राजनीतिक गतिविधिलगायत चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

यसैबीच राप्रपाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष कमल थापाले सबै राजनीतिक शक्ति अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलनको माग गर्नुभयो । सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । अध्यक्ष थापाले जनसङ्घर्षका कार्यक्रमलाई सफल बनाउन पार्टीका सबै तहलाई सक्रिय हुन निर्देशन दिनुभयो । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा जनसङ्घर्ष परिचालन समितिका गठन गरिएको छ । समितिको सल्लाहकारमा पार्टी अध्यक्ष थापा, वरिष्ठ नेता दीपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिवमा महामन्त्री भास्कर भद्रा रहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

धनगढी।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने