योग्य पुरोहितको अभाव

१५ चैत्र २०७५, शुक्रबार ११:१७ मा प्रकाशित

ध्रुवसागर शर्मा, गलेश्वर, १५ चैत । विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहँुदा योग्य पुरोहितको अभावमा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन् ।

ब्राह्मणकै अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयहरु चिन्तित हुन थालेका छन् । संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणहरुले पनि संस्कृत पढन् छाडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणको अभाव हुन थालेको स्थानीयवासी बताउँछन् ।

वेद, उपनिषत्, पुराण, रुद्रीलगायतका ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्यु पर्यन्त आवश्यक भए पनि पुरोहितको अभावमा समस्या उत्पन्न हुन थालेको बेनी नगरपालिका–२ का भीमबहादुर रिजालले बताउनुभयो ।

“हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो”, रिजालले भन्नुभयो, “संस्कृतको ज्ञान नभएका व्यक्तिले कर्मकाण्ड गराउन नसक्ने हुँदा न्वारन, विवाह र मृत्युसंस्कारजस्ता नगरी नहुने कर्महरु गर्न पनि समस्या हुनथालेको छ ।” संस्कृत शिक्षा हिन्दूहरुको जीवन पद्धतिसँग जोडिएको शिक्षा भए पनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ ।

गाउँघरतिर संस्कृत नपढेका, बेरोजगार भएर बसेका, नैतिकरूपमा स्खलित भएका र अन्य कुनै उपाय नभएपछि कर्मकाण्डमा लागेका बाहुनले आफूखुसी ‘धूपं समर्पयामी, नैवेद्यं चढायामी’ भनेर पूजा गराउने गरेको र संकल्पमा सम्वत्सर, नक्षत्र, तिथिसमेत गलत उच्चारण गर्ने गरेको आफूले पाएको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । “शुद्धसँग वेदका ऋचा उच्चारण गर्न नसक्ने र आफ्नो आचरणमा नरहेका ब्राह्मणले पनि अरु कुनै पेशा गर्न नसकेर कर्मकाण्डमा लाग्दा ब्राह्मणको समेत बदनाम भएको छ”, उहाँले भन्नुभयो ।

“अहिले संस्कृत पढेर सुनिश्चित भविष्य नहुने र कर्मकाण्ड व्यावसायिक पेशा अझै हुननसकेकाले संस्कृतप्रति मानिसको उदासीनता बढेको हुनसक्ने म्याग्दी बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्रध्यापक नारायण सुवेदीले बताउनुभयो । कर्मकाण्ड गर्ने बूढापाका ब्राह्मणको शेषपछि पुरोहितको अभाव शुरु हुनथालेको हो । अहिले म्याग्दीमा पुराणवाचन गर्ने पण्डितको सङ्ख्या दुई÷तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गर्ने पनि घट्दै गएको ब्राह्मण समाज म्याग्दीले जनाएको छ ।

दुई परियोजना छनोट

आजदेखि काठमाडौँमा शुरु हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा म्याग्दीका दुई परियोजना प्रस्तुत गरिने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बन्ने १६४ मेगावाटको कालीगण्डकी गर्ज र पश्चिम म्याग्दीको मुदीमा प्रस्ताव गरिएको म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि लगानी आह्वान गरिने लगानी बोर्डले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

प्रस्तावित कालीगण्डकी गर्ज कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिकामा पर्दछ । यहाँ सरकारले सडक तथा खानेपानी पूर्वाधार पु¥याइसकेको छ । धवलागिरि गाउँपालिकामा पर्ने मुदीमा प्रस्ताव गरिएको म्याग्दीखोला जलविद्युत् आयोजनामा पनि सडक सञ्जालको पहुँच पु¥याइँदैछ । कालीगण्डकी गर्जमा चाइना न्यू क्लियर पावर गु्रपअन्तर्गत युनाङ सिङ हवावाटर कन्जर्भेसन एण्ड हाइड्रोपावरको लगानी पक्का भएको छ भने म्याग्दीखोला जलविद्युतका लागि लगानी सम्मेलनमा लगानीकर्ताको खोजी हुने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यी दुई जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउन सके जिल्लाको आर्थिक विकासमा कोशेढुङ्गा सावित हुनेछन् ।

तर, मुस्ताङको प्रवेशद्धार मानिएको र पर्यटन विकासका प्रशस्तै सम्भावना रहेको हिमाली जिल्ला म्याग्दीमा पर्यटनसम्बन्धी कुनै पनि योजना नसमेटिनु दुःखद पक्ष रहेको सरकोकारवालाले बताएका छन् । कास्कीको वीरेठाँटीदेखि मुस्ताङसम्म केबलकारको प्रस्तावसमेत लगानी सम्मेलनमा आउने जनाइएको छ । लगानी सम्मेलनमा ४० देशका ६०० लगानीकर्ता सहभागी हुने सरकारको अपेक्षा छ ।

उद्धार सामग्री सहयोग

विभिन्न किसिमका विपत्ति र दैवी प्रकोपका बेला व्यवस्थापन तथा उद्धार गर्नका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले नेपाली सेनाको श्रीबक्स गुल्मलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

मोनाले रु ५० हजार बराबरको सिट हार्नेस, क्लाइम्बिङ डोरी, फिगर, क्यारविनालगायतका सामग्री सहयोग गरेको हो । मोना आइसिसीका सल्लाहकार सुवासकुमार श्रेष्ठ, कोषाध्यक्ष राम खड्का र बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले गुल्मका सेनानी राजन दाहाललाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा नगरपालिकाका प्रमुख श्रेष्ठले रोजगार, व्यवसाय र पढाइको सिलसिलामा विभिन्न देशमा पुगेका म्याग्देलीले जिल्लाको विपत् व्यवस्थापन, शिक्षा, स्वास्थ्य र विकासलगायतका क्षेत्रमा सहयोग गरेर सामाजिक उत्तरदायित्व पूरा गरेका बताउनुभयो । उहाँले मोनाले सहयोग गरेको उद्धार सामग्रीले जिल्लामा भैपरी आउने विपत् व्यवस्थापनका लागि सहयोग पुग्ने बताउनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।