आन्ध्र प्रदेशमा गुडिरहेको रेलमा भयानक आगलागी ः झण्डै चार दर्जनको मृत्यु

१५ श्रावण २०६९, सोमबार १६:१० मा प्रकाशित

काठमाडौं, १५ साउन । छिमेकी भारतको आन्ध्र प्रदेशस्थित नेलोर भन्ने स्थानमा चलिरहेको रेलमा आगलागी हुंदा साढे तीन दर्जन यात्रुको मृत्यु भएको छ । आज बिहान दिल्ली–चेन्नाई तमिलनाडु एक्सप्रेस रेलमा अचानक आगलागी हुँदा अधिकांश यात्रुहरु सुतिरहेको अवस्थामा थिए । उक्त आगलागीमा अन्य दुई दर्जन यात्रु घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । रेलबाट ६६ यात्रुलाई सकुशल उद्दार गरिएको जनाइएको छ भने आगलागीका बेला रेल ११० किलोमिटर प्रतिघण्टाको रफ्तारमा रहेको बताइएको छ ।
भारतीय सरकारले घटनामा मृत्यु हुनेका परिवारलाई ५ लाख रुपैयाँका दरले तथा गम्भीर घाइतका परिवारलाई एक लाख रुपैयाँ र सामान्य घाइतेका परिवारलाई २५ हजार रुपैयां उपलब्ध गराउने घोषणा गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार