नेवि संघको महाधिवेशनको माग गर्दै देउवालाई ज्ञापन

१४ चैत्र २०७५, बिहीबार १३:५३ मा प्रकाशित

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले महाधिवेशनको मिति घोषणा गर्न माग गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाहीको नेतृत्वमा देउवा निवास बुढानिलकण्ठ पुगेर ज्ञापन पत्र बुझाइएको हो ।

उनीहरुले चैत्र भित्र नेबिसंघको रिक्त अध्यक्ष पद्मा मनोनयन गरी निर्वाचन गर्नु पर्ने भन्दै देउवाको ध्यानाकर्षण गराएका हुन् ।

सभापति देउवाले निर्वाचनको विकल्प नभएको भन्दै सबैलाई मिलाएर लैजाने नेतृत्व चाडै मनोनयन गर्ने आश्वासन दिनुभएको थियो ।

निर्वाचनको विषयलाई लिएर नेविसंघ गुट उपगुटमा विभाजित भएकाले माउ पार्टीलेसमेत अध्यक्ष पद्मा मनोनयन गर्न सकेको छैन् ।

अध्यक्ष नैनसिंह महरले राजिनामा दिए पछि नेविसंघ नेतृत्ववीहिन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ