पत्नीको उपचार गराएर प्रचण्ड आज अमेरिकाबाट स्वदेश फर्किँदै

१४ चैत्र २०७५, बिहीबार १२:३५ मा प्रकाशित

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचार पश्चात अमेरिकाबाट स्वदेश फर्किँदै छन् ।

पत्नी सीताको उपचारका लागि चैत ३ गते अमेरिका गएका प्रचण्ड बिहीबार दिउँसो ४ बजे काठमाडौँ आइपुग्ने छ । उनको साथमा पत्नी सीतासँगै छोरी गंगा दाहालसहित छन् । अमेरिकामा सीताको पिएसपी रोगको जाँच भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

सीताको उपचार यसअघि भारत र सिंगापुरमा हुँदै आएको थियो । स्वास्थ्यमा खासै सुधार नआएपछि प्रचण्ड परिवार अमेरिका गएको हो । प्रचण्ड र सीताका साथमा छोरीज्वाइँ गंगा र जीवन पनि अमेरिका गएका हुन् ।

झण्डै दुई महिना पहिले नै पनि पत्नी सीताको उपचारका लागि त्यसतर्फ जान लागेका नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाको तीव्र आलोचना गरेपछि अमेरिका जाने कार्यक्रम सार्दै आएका थिए ।

भेनेजुएला प्रकरणपछि अमेरिकी राजदूर्त याण्डी डब्लु बेरीले उनलाई निवासमै भेटेर अमेरिका जान सहजीकरणसमेत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१