सोलुखुम्बुको मौसम खराबीले फाप्लु विमानस्थलमा चाप

१४ चैत्र २०७५, बिहीबार १२:१४ मा प्रकाशित

सोलुखुम्बु : मौसम प्रतिकूलताका कारण तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडान भरेका विमान ड्राइभर्ड गरी फाप्लु विमानस्थलमा अवतरण गर्न थालिएकाले फाप्लु विमानस्थलमा चाप बढेको छ। करिब चार दिनदेखि खुम्बुको मौसममा खराबी आउँदा लुक्ला जाने विमान फाप्लुमा अवतरण हुने गरेको नागरिक उड्यन कार्यालय फाप्लुले जनाएको छ। नियमित रुपमा तीन देखि चार वटा मात्र विमान आवतजावत हुने फाप्लु विमानस्थलमा पछिल्लो समय १२ देखि १५ वटा विमान अवतरण हुने गरेको छ। बुधबार मात्रै १२ वटा विमान अवतरण गरेको छ। मौसममा आएको परिवर्तनले लुक्लाका लागि उडेका बिमानहरु फाप्लुमा अवतरण गर्नु परेको हो ।

फाप्लु ओर्लेका यात्रुलाई हावाको गति कम भएको समयमा लुक्ला पुर्याउने कार्य भएको छ। बिहान लुक्ला विमानस्थलमा हिउँ जम्ने र दिउँसो हावाको तीव्रता बढेकाले फाप्लुमा अवतरण गर्नु परेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । मौसम प्रतिकूलताका बावजुद बुधबार लुक्ला विमानस्थलमा ४० वटा उडान भएको कार्यालय जनाएको छ। अहिले हिमाल आरोहणको सिजन सुरु भएकाले अधिकांश उडानबाट पर्यटक तथा हिमाल आरोही एवं सामग्री आउने गरेका छन्। खुम्बु क्षेत्रमा आरोहणको समय भएकाले लुक्लामा हवाइ चाप बढेको बताइएको छ। लुक्लाको बिकल्पमा सदरमुकाम नजिक रहेको फाप्लु विमान स्थल प्रयोग गर्ने गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार