गुट–उपगुट अन्त्य गर्ने अभियानमा काङ्ग्रेस

१४ चैत्र २०७५, बिहीबार ००:४७ मा प्रकाशित

लमही, १३ चैत । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गुट–उपगुटका कारण पार्टी कमजोर भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं १ ले आज गङ्गा परस्पुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी भित्रको गुट–उपगुट अन्त्य गर्ने अभियानमा आफूहरु रहेको बताउनुभयो ।

“गुट–उपगुटले पार्टी कमजोर भयो,” उहाँले भन्नुभयो । आउँदो चुनाव जित्न गुट–उपगुट अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सबै काङ्ग्रेस एक भए पार्टीलाई कसैले हराउन नसक्ने उहाँको भनाइ थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले गुटबन्दी त्यागेर कार्यकर्तामाझ आउन केन्द्रीय नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले सरकारले सन्तोषजनक काम गर्न नसकेको आरोप लगाउनुभयो । सो अवसरमा काङ्ग्रेस केन्द्रीय सदस्य दीपक गिरीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा