नेपाली अमेरिकनको अर्को सफलता : न्युयोर्कमा सवारी चालक अनुमति परिक्षा नेपाली भाषामा

१३ चैत्र २०७५, बुधबार ०९:०७ मा प्रकाशित

न्युयोर्क । नेपाली अमेरिकनले पहिचानको मुद्धामा क्रमश: सफलता प्राप्त गर्दै गएका छन् । यसै क्रममा न्युयोर्कमा बसोबास गर्ने नेपाली समुदायले सवारी चालक अनुमतिका लागि लिईने लिखित परिक्षा अर्थात ‘लर्नर परमिट’ नेपाली भाषामै दिन पाउने भएका छन् ।

न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ मोटर भेहिकल, (डिएमभी)ले एक सूचना जारी गरि डी श्रेणी र मोटर साइकल चालक अनुमतिपत्रको लिखित परिक्षा अब नेपाली भाषामै दिन पाइने व्यवस्था गरेको हो ।

न्युयोर्क राज्यमा नेपाली भाषीहरुको बसोबास बढ्दै गएको र सबै सेवाग्राहीमा सहज सेवा पुर्याउने उद्धेश्यले यो व्यवस्था गरिएको डिएमभीका विभागका एक्टिङ कमीसनर मार्क जेएफले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

न्युयोर्क राज्यमा सवारी अनुमतिपत्रको परिक्षामा नेपाली भाषालाई समावेश गराउन लामो समय देखी त्यहाँका नेपाली बहुल संघ संस्थाहरुले प्रयास गर्दै आइरहेका थिए ।

न्युयोर्क नेपाली अमेरिकनको सबै भन्दा धेरै जनसंख्या बसोबास गर्ने राज्य हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

दमौली । कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ