क्रियाशील महिला पत्रकारको जीवनी सार्वजनिक

१३ चैत्र २०७५, बुधबार ००:०८ मा प्रकाशित

काठमाडौँ, १२ चैत । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले लामो समयदेखि पत्रकारिताका माध्यमबाट राष्ट्रको विकासमा योगदान पु¥याएका १५ महिला पत्रकारको जीवनमा आधारित कृति सार्वजनिक गरेको छ ।

डब्लुडब्लुजेले आज आयोजना गरेको कार्यक्रममा ‘क्रियाशील पत्रकार महिला’ नामक जीवनीको राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सार्वजनिक गर्नुभएको हो । उहाँले पछाडि परेका वर्गका आवाजलाई पत्रकारिताको माध्यमबाट प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सूचनाबाट विमुखी नागरिकलाई सुसूचीत गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले महिला पत्रकारको सङ्ख्यात्मक उपस्थिति पनि बढाउनुपर्नेमा जोड दिँदै पत्रकार महासङ्घदेखि सबैले त्यस विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले नेपालको पत्रकारिता क्षेत्रमा विशेष योगदान पु¥याउनुभएका महिला पत्रकारको जीवनी निकाल्नु महत्वपूर्ण भएको र यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले पत्रकार महिलालाई नेतृत्व तहमा ल्याउन महासङ्घले विधान संशोधन गरेको र आगामी दिनमा पत्रकार महिलाको गुणात्मक तथा सङ्ख्यात्मक वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले लामो समय नेपाली पत्रकारितामार्फत धेरैको जीवनी लेख्नुभएका महिला पत्रकारको आफ्नै जीवनी कस्तो थियो, त्यो अध्ययन गरेर अरुलाई पनि प्रेरणा मिल्ने उद्देश्यले सो कृति प्रकाशन गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।

कृतिमा राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक निर्मला शर्मा र पूर्वनायव महाप्रबन्धक सरला सङ्ग्रौला, गोरखापत्र दैनिकका नायब महाप्रबन्वक हरिकला अधिकारी, पत्रकार बबिता बस्नेत, आरती चटौत, सङ्गीता लामा, लिला शाह, रीता गुरुङ, राधा अधिकारी, रमा पराजुली, रम्यता लिम्बु, प्रेमकुमारी पन्त, नेपालको पहिलो फोटो पत्रकार उषा तितिक्षु, अन्जना ताम्ली र अक्षरी पोखरेलको जीवनी रहेको छ ।

जीवनीमा नेपाली पत्रकारिता गर्दाका अनुभव, पत्रकारिता गर्दाका संघर्ष, परिवार र बच्चालाई व्यवस्था गरेर गर्नु पर्दाका कठिनाइ जस्ता विषयवस्तु उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले