कमल थापा राप्रपाको पदाधिकारी मनोनयन

१३ चैत्र २०७५, बुधबार ००:०६ मा प्रकाशित

काठमाडौँ, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ (धादिङ) र राजीव पराजुली(पर्सा)लाई मनोनित गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा प्रेमबहादुर भण्डारी (बाँके), टङ्क ढकाल (भोजपुर), नरेन्द्रबहादुर चन्द (बैतडी), तोरणबहादुर गुरुङ (स्याङ्जा), रोशन कार्की (ललितपुर), भिमप्रसाद गौचन (म्याग्दी) र महेशलाल महासेठ (सिरहा)लाई मनोनयन गर्नुभएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

महामन्त्रीमा राजेन्द्र लिङ्देन (झापा) र डा धवलशम्शेर जबरा (बाँके) लाई मनोनयन गरिएको छ । प्रवक्ताहरुमा सुशील श्रेष्ठ (महोत्तरी), भुवन पाठक (काठमाडाँै) र नीलकण्ठ काफ्ले (नवलपुर) लाई जिम्मेवारी दिइएको छ । सहमहामन्त्रीमा चन्द्रबहादुर गुरुङ (कैलाली), कुन्ती शाही (दैलेख), दीपकबहादुर सिंह(मकवानपुर), भक्तिप्रसाद सिटौला (झापा), अर्जुन राई (खोटाङ) र भरत रायमाझी (काठमाडौँ) हुनुहुन्छ ।

सहायक महामन्त्रीमा लिलादेवी श्रेष्ठ (इलाम) र मदनबहादुर कार्की (स्याङ्जा) हुनुहुन्छ । सहायक प्रवक्तामा रमानन्द न्यौपाने (जुम्ला) लाई मनोनयन गरिएको छ । यसैगरी अध्यक्ष थापाले प्रदीपकुमार उदय (रुपन्देही) लाई प्रदेश नं. ५ को अध्यक्ष र ईन्द्रबहादुर ठकुरी (सिन्धुपाल्चोक) लाई केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको छ ।
यसैबीच राप्रपा (संयुक्त) ले यही चैत १४ गतेदेखि देशभर भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गर्ने नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट कुनै आश नरहेको बताएका छन् । सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन् । उनले आफ्ना सम्धी