साझा पसलमा पनि म्याद सकिएका औषधि

१५ श्रावण २०६९, सोमबार १५:५७ मा प्रकाशित

हेटौंडा, १५ साउन । अस्पतालमा उपचारका लागि आएका विरामीलाई म्याद सकिएको औंषधि दिएपछि हेटौंडा अस्पताल प्राङगढमा सञ्चालित साझा औंषधि पसलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले ताला लगाएको छ ।
घाउ सुकाउने टाईमोसिन नामक म्याद सकिएको औंषधि पसलले आज विहान राजन तिमल्सिनालाई दिए पछि प्रशासनको अनुगमन टोलीले सो पसलमा तालाई लगाई दिएको हो । औषधि पसल साझा स्वास्थ्य सेवा सहकारी संस्थाले सञ्चालन गर्दै आएको छ ।
टोलीले म्याद सकिएका एक झोला औंषधि बरामद गरेर लगेको छ । म्याद सकिएका औषधि बिक्री गर्ने पसललाई कारबाही गर्ने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल