लोट्टीले किन्यो नेपाली सिनेमा राइट

१ चैत्र २०६८, बुधबार ०५:३० मा प्रकाशित


दक्षिण कोरियाली वितरण कम्पनी लोट्टी इन्टरटेनमेन्ट र नेपालको विन्धेश्वरी सिने आर्टस प्रालिबीच द्धिपक्षीय सिनेमा प्रदर्शन र वितरणको सहमति भएको छ । सहमतिअनुसार दुवै कम्पनीले आ–आफ्नो देशमा सिनेमा प्रदर्शन, वितरण र सेयर बाँडफाँट गर्नेछन् । लोट्टी इन्टरटेनमेन्टका दुईजना प्रतिनिधि एकमहिनादेखि बजार सम्भाव्यता अध्ययनका लागि नेपालमा थिए । ती प्रतिनिधिसँगै नेपाली वितरक ध्रुव ढुंगाना सोमबार सियोल उडेका छन् ।

‘चलचित्र प्रदर्शन, वितरण र सेयर बाँडफाँटबारे सहमति गरेका छौं’ विन्धेश्वरी सिनेमा आर्टस्का वितरक हरि बरालले  भने, ‘परिक्षणकालमा घाटा बेहोर्नुपरेपछि अब सिनेमालाई डिष्ट्रिब्यूसन नभई प्रतिशतका आधारमा चलाउने र आधा–आधा प्रतिशत सेयर लिने कुरा मिलेको छ ।’ गत महिना लोट्टी इन्टरटेनमेन्टको व्लकबस्टर सिनेमा ‘स्क्यान्डल मेकर्ज’ नेपालमा परिक्षणकालिन रिलिज गरिएको थियो । तर, वितरकले १७ लाख घाटा ब्योहोर्नुपर्‍यो । कम्पनीले १९ लाखमा नेपालको राइट किनेको थियो ।

परिक्षणमा घाटा खेप्नुपरेपनि सिनेमा प्रदर्शनलाई नियमित गरिने बरालले बताए । पोखराको कल्पना मल्टिप्लेक्समा सिनेमा एकसाता चल्यो । गोपिकृष्णमा चार दिन चल्यो । बिग सिनेमाज्मा शुक्रबारदेखि प्रदर्शन हुँदैछ । नारायणगढ, बुटवल र नेपालगञ्जमा रिलिज हुँदैछ । सिनेमाले अहिलेसम्म साढे चारलाख ग्रस कलेक्सन गरेको छ । लोट्टीले कोरियामा विन्धेश्वरीका दुई सिनेमा ‘दिलमा सजाएँ तिमीलाई’ र ‘सडक’ रिलिज गर्नेभएको छ । नेपालमा बढ्दो क्रेज देखेर दक्षिण कोरियाली सिनेमा नियमित प्रदर्शन सुरु गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल