उद्घाटनमा ओली नगएपछि भारतीय दूतावासमा हंगामा

११ चैत्र २०७५, सोमबार १७:०८ मा प्रकाशित

काठमाडौं । भारतीय दूतावासले चैत ६, ७ र ८ गते आयोजना गरेको नेपाल–भारत सांस्कृतिब आदानप्रदानसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री केपी ओली कार्यव्यस्तताको कारण देखाएर उपस्थित भएनन् । कार्यक्रमको उद्घाटन गरिदिन निमन्त्रणा पत्र लिएर राजदूत मञ्जिभसिंह पुरी आफैं १५ दिनअघि नै बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले उत्साहित हुँदै कन्फर्म गरेका थिए । तर कार्यक्रम सुरु हुनुभन्दा ठीक एक घन्टाअघि प्रधानमन्त्रीको निजी सचिवालयबाट टेलिफोन गरियो– ‘कार्यव्यस्तताका कारण प्रधानमन्त्रीज्यू आउन सक्नुभएन ।’

कन्फर्म गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली अनुपस्थित हुनुको कारण थियो– ‘राजदूत पुरीको चैत २ गते अचानक भएको जनकपुर भ्रमण ।’ उनी पूर्वसूचनाविनै जनकपुर–जयनगरको रेलवेको प्रगति हेर्न भन्दै जनकपुर पुगेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह पनि जनकपुरमै थिए । पूर्वराजा शाह स्थानीय सीताशरण होटलको चौथो तलामा बसेका थिए भने राजदूत पूरी तेस्रो तलामा बसे । उनीहरूबीच गोप्य भेटघाट भएको समाचार बाहिर नेकपाभित्रैबाट ल्याइएपछि प्रधानमन्त्री ओली कार्यक्रमा नगएको बताइन्छ । राजदूत पूरीले भने आफ्नो दुई वर्षको नेपाल बसाईमा अहिलेसम्म पूर्वराजा शाहलाई प्रत्यक्ष नदेखेको बताएका छन् । समाचार स्रोतका अनुसार एउटै होटलमा बसेको भए पनि उनीहरूबीच देखादेखसमेत भएको थिएन ।

तर ओली उक्त कार्यक्रममा नजानुको कारण यो मात्रै होइन । समाचार स्रोतका अनुसार ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानीका लागि पहल गरिदिन राजदूत पुरीलाई अनुरोध गरेका थिए । तर मोदी चुनावमा व्यस्त भएका कारण पुरीले समय मिलाइदिन सकेनन् । यही कारण ओली कार्यक्रममा सहभागी नभएको समाचार स्रोतको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार