भट्टराईले रक्षा गर्न नसकेपछि मजदुर नेता धमाधम पलायन

१५ श्रावण २०६९, सोमबार १५:५५ मा प्रकाशित


काठमाडौं, १५ साउन । एकीकृत माओवादीभित्र बढिरहेको आन्तरिक संघर्ष र द्वन्द्वका कारण उक्त पार्टीका मजदुर नेताहरुमाथि एकपछि अर्को धम्की बढ्न थालेपछि उनीहरु धमाधम पलायन हुन थालेको बुझिएको छ । पार्टी फुट्नुअघि काठमाडौंको बबरमहलमा माओवादीका मजदुर नेता शालिकराम जमकट्टेलमाथि भएको आक्रमणको मुद्दामा तान्न खोजिएपछि प्रधानमन्त्री बाबुराम भट्टराईपक्षीय माओवादी मजदुर नेताहरु पलायन हुन बाध्य भएको सो संगठनसम्वद्ध एक नेताले बताए ।
‘जमकट्टेल–घटनामा तेरो संलग्नता छ’ भन्दै प्रधानमन्त्री भट्टराईपक्षीय मजदुर नेताहरुलाई माओवादीकै जनक वर्तौला र कल्पदीप राईलगायतले धम्की दिन थालेपछि होटल मजदुर संघका केन्द्रीय अध्यक्ष रमेश पन्त विस्थापित भएका छन् भने उनीसंगै भट्टराईपक्षीय मजदुर नेताहरु होम सुवेदी, नरबहादुर लामिछाने, भुवन श्रेष्ठ, ऋषिराम तिवारी, मुक्ति दाहाल पनि असुरक्षित महसुस गर्दै खुला राजनीतीमा हिंड्न नसकेको दाबी गरिएको छ । आफुहरुमाथि एकपछि अर्को गर्दै धम्की आउने क्रम बढेपछि मजदुर नेता शम्भु कटुवालले भट्टराई पक्ष छोडेर वैद्यको अध्यक्षतामा नयां खुलेको नेकपा–माओवादीतिर लागेका छन् ।
बताइएअनुसार आफु र परिवारमाथि निरन्तर धम्की बढेपछि मजदुर नेताहरुले सुरक्षाका लागि प्रधानमन्त्री भट्टराईलाई भेटेरै सुरक्षित वातावरण बनाउन आग्रह गरेका थिए । तर, भट्टराईले आश्वासनबाहेक अरु केही नदिएपछि उनीहरुमध्ये धेरैजना पलायन हुन बाध्य भएका छन् । जमकट्टेल–घटनामा आफु र आफ्नो परिवारलाई अनावश्यक लाञ्छना लगाइ जवर्जस्ती मुछ्न र फसाउन खोजेको भन्दै मजदुर नेता रमेश पन्त परिवारसहित नै बिस्थापित भएका छन् । उनले जीवनरक्षाका लागि प्रधानमन्त्री भट्टराईलाई पटक–पटक आग्रह गरे पनि सुृनुवाइ नभएको उनीनिकट स्रोतको दाबी छ । त्यस्तै होटेल मजदुर संघका केन्द्रीय सदस्य ऋषिराम तिवारीलाई पनि निरन्तर धम्की आउन थालेपछि उनी जीवनरक्षाका लागि विस्थापित भएको उनीनिकटका मजदुर नेताहरुले बताए । २०५४ सालदेखि पार्टीमा लागेका र शान्तिप्रक्रिया शुरु भएपछि क्यासिनो मल्लमा सुपरभाइजर पदमा काम गर्दै आएका उनलाई भट्टराई पक्षतिर लागेको आरोपमा दुई वर्षअघि नै मोटरसाइकलबाट घर जाँदै गर्दा अपिरिचित व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएका थिए । भट्टराईलाई सहयोग गरेको आरोपमा पछि उनलाई क्यासिनोको जागिर छोड्न बाध्य पारिएको र निरन्तर ज्यान मार्ने धम्की आउन थालेपछि उनी हाल विस्थापित भएका छन् । केही पहिले भट्टराईपक्षीय मजदुर नेता लालध्वज नेम्वाङलाई पाटन औधोगिक क्षेत्रभित्र बोलाएर प्रचण्डपक्षीय मजदुरहरुले मरणासन्न हुने गरी कुटेका थिए । त्यसलगत्तै अन्ना क्यासिनोमा काम गर्दै आएका भट्टराईपक्षीय नेता ज्ञानमान डंगोललाइ मरणाशन्न हुने गरी दाहालपक्षीय मजदुर नेताहरुले कुटेका थिए ।
बाबुरामको विचारको सहयोग नगर्न शुरुदेखि नै आफुहरुलाइ धम्की आउने गरेपनि विचार बोक्ने अधिकार सबैलाई हुन्छ भनेर भट्टराई पक्षीय मजदुर नेताहरुले आफ्नो अडान छोड्न नमानेपछि मजदुर नेताहरुलाइ निरन्तर धम्की आइरहेको बताइन्छ ।
स्मरणरहोस्, एकीकृत माओवादीको जारी बिस्तारित बैठकमा यही साउन ५ गतेका दिन दाहालपक्षीय नेताहरुले प्रधानमन्त्रीसमेत रहेका भट्टराईमाथि हातपातको प्रयास गरेका थिए । प्रधानमन्त्री नै असुरक्षित बन्दै गएको र एमाओवादीभित्र गुटको राजनीति झ्याङ्गिदै गएको अवस्थामा उनीहरुबीच आपसी विवाद र झडप बढ्नुलाई अस्वाभाविक रुपमा भने हेरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर