चुनावी सरकार नै एक मात्र निकास हो : यादव

१५ श्रावण २०६९, सोमबार १५:५३ मा प्रकाशित

सप्तरी, १५ साउन । राष्ट्रिय सहमतिका आधारमा सर्वदील सरकारले मात्र मुलुकको निकास दिन सक्ने मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । उनले सहमतिको आधारमा निर्माण भएको सर्वदलीय सरकारले संसद् र स्थानीय निकायको चुनाव गराएर देशमा सधैका लागि राजनीतिक स्थिरता कायम गर्ने बताए ।

सप्तरीको राजविराजदेखि ३ किलोमिटर उत्तर वसविटि गाविसस्थित स्व। गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा सोमबारबाट सुरु सलहेश क्षेत्र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सर्वदलीय सहमतीय चुनावी सरकारबिना राजनीतिक जटिलता अन्त हुनै नसक्ने ठाकुवा गरे। चुनावी सरकारले संसदको चुनाव र स्थानीय निकायको चुनाव गराउने संवैधानिक अधिकार राख्छ, अहिलेकाले हैन, उनले भने, ‘निरवाचित संसदले नै संविधान सभाको हैसियतमा काम गरेर विगठित संविधान सभाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने काम गर्छ।’
संविधान सभाको चुनाव गरउनुको कुनै औचित्य नभएको उल्लेख गर्दै उनले अब संविधान सभाको हैन, संसद र स्थानीय निकायको चुनाव हुनुपर्ने बताए ।
नेपालको व्यूरोक्रेसी इतिहासमा मुख्य सचिवको दौडमा पहिलो पटक एउटा मधेसी परेपनि सरकारमा सहभागी कथित मधेसवादीको स्वार्थका कारण प्रकयाकीएको टिप्पणी गर्दै उनले भने, ुअहिलेका सरकारमा सहभागी मधेसवादी भनाउँदाहरु कसरी सरकार टिकिरहने दाउँमा दिमाग खियाइरहेका छन्, न कि मधेस र मधेसी नागरिकको हितका लागि।ु

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे