विप्लव माओवादीका नेता वलीसहित नौ जना पक्राउ

९ चैत्र २०७५, शनिबार ०९:४६ मा प्रकाशित

काभ्रेपलाञ्चोक, ९ चैत । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ ।

खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभे्रपलाञ्चोक र ललितपुरको सिमानाबाट बा१७च ४८९३ नं को स्कारपियो गाडीमा वलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेल स्रोतले जनाएको छ । उनीहरुलाई दुई जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च÷अप्रेशन’का क्रममा पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार वलीसहितको टोली काभे्रपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठामाडौँ जाँदै थियो । गाडीमै रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका छन् । प्रहरी स्रोतका अनुसार वलीले गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु तथा दुई जना घाइते भएको घटनाको जिम्मा लिएका छन् ।

काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा गत मङ्गलबार साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव नेकपाका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको थियो । सो सर्च अप्रेशनका क्रममा वली भाग्न सफल भएका थिए । सरकारले ध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै विप्लव माओवादीलाई गत फागुन ३० गतेदेखि प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् । गएको वैशाखमा नेकपा

आजको प्रमुख समाचार