नेपाल विद्यार्थी संघ नवलपुर जिल्लाका सहसचिव रविनजङ्ग कार्कीको गाडी तोडफोड

९ चैत्र २०७५, शनिबार ०६:५६ मा प्रकाशित

नवलपुर, ९ चैत । नेपाल विद्यार्थी संघ नवलपुर जिल्लाका सहसचिव रविनजङ्ग कार्कीको गाडी तोडफोड भएको छ ।

शुक्रबार बिहान करीव २ बजे अपरिचित समूहले कार्कीको गाडीमा क्षति पु(याएको हो । दुई तिहाइको कम्युनिस्ट सरकार बनेसँगै कांग्रेस र उसका शुभेच्छुक एवम् भातृ संस्थाका नेता कार्यकर्तामाथि आक्रमण बढ्दै गएको आरोप छ ।

गैंंडाकोट मोलाकालिका मन्दिर जाने बाटोस्थित घर अगाडि रहेको बा १५ च ९८४७ नम्बरको सिलभर कलरको होण्डा मोबिल्यो गाडीमा तोडफोड भएको कार्कीले बताएका छन् । गाडीमा तोडफोड गरेपछि सो समूह भागेको थियो ।

तोडफोडबाट गाडीको सिसा र बडीमा क्षति पुगेको छ । तोडफोडबाट करीव ३ लाख बराबरको नोक्सानी भएको सहसचिव कार्कीले बताएका छन् । नेविसंघ नवलपुर जिल्लाका सहसचिव कार्कीको गाडीमा राजनीतिक समूहले तोडफोड गरेको हुन सक्ने अनुमान गरिएको उनले बताए ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटको पूर्वतर्फ १०० मिटर अगाडि कार्की निवासमा घटना भए पनि प्रहरीले भने दोषीलाई पक्राउ गर्न सकेको छैन । घटनाको सत्ययतथ्य पत्ता लगाई तोडफोडमा संलग्नलाई तत्काल कारवाहीको दायरामा ल्याउन नेबिसंघ नवलपुरका अध्यक्ष राजेश पौडेलले माग गरेका छन् ।

घटनाबारेमा छिटो बास्तविकता पत्ता लगाउन नेविसंघ नवलपुरका नेता कार्यकर्ताले जोडदार माग गरेका छन् । सामाजिक संजालमा पोष्ट गर्दै नेविसंघका नेताहरूले आपत्ति जनाएका हुन् । ईलाका प्रहरी कार्यालय गैंडाकोटले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार