निर्मला पन्त प्रकरणमा मुछिएका तत्कालीन एसपी डिल्लीराज विष्टको बहस सकियो

९ चैत्र २०७५, शनिबार ०६:५३ मा प्रकाशित

कञ्चनपुर, ८ चैत । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा मुछिएका तत्कालीन एसपी डिल्लीराज विष्टको बहस सकिएको छ ।

बालिका बलात्कार र हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट गएको मंगलबार बयानका लागि आफैं अदालतमा उपस्थित भएका विष्ट थिए , उनीमाथिको थुनछेक बहस शुक्रबार सकिएको हो । बहस सकिए पनि समयाभावले आदेश भने आउन सकेको छैन ।

बहस सकिएसँगै आदेशका लागि समय अपुग भएकाले आइतबार बिहान १० बजे बोलाइएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिएका छन् । उनले अदालतको आदेश नआएकाले विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको बताएका छन् ।

फरार रहेका ‘सीआइबी’ का तत्कालीन डीएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन् । मुद्दाका प्रतिवादीहरु तत्कालीन प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकीन्द्र खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी र प्रहरीजवान चाँदनी साउद यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१