(विप्लब) पक्राउ परेमा जन्मकैद सजाय हुने

९ चैत्र २०७५, शनिबार ०६:४४ मा प्रकाशित

काठमाडौं, ९ चैत । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिब नेत्रविक्रम चन्द (विप्लब) पक्राउ परेमा प्रचलति कानुन अनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ ।

फागुन २८ को मन्त्रिपरिषद बैठकले विप्लब नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उसका सबै गतिविधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ ।

‘सरकारले विप्लब समूहका गतिविधि विध्वंसात्मक र आपराधिक भएको घोषणा गरिसकेको अवस्थामा हामीले प्रचलित संगठित अपराध ऐन २०७० र फौजदारी अपराध (संहिता) ऐन २०७४ अनुसार कार्वाही अघि बढाएका छौं’, प्रहरी स्रोत भन्छ, ‘देशभरका युनिटमा पनि सोहीअनुसार कार्वाही गर्न सर्कुलर भइसकेको छ ।’

दुवै कसुर पुष्टि भए विप्लब तथा अन्य नेता–कार्यकर्तामाथि १० हजार रुपैंयाँ जरिवानादेखि जन्म कैदसम्मको सजाय हुनसक्ने ब्यवस्था छ ।

मन्त्रिपरिषदबाट प्रतिबन्ध लाग्नुअगावै विप्लब अर्धभूमिगत भइसकेका थिए । मन्त्रिपरिषदले नेकपामाथि प्रतिबन्ध लगाएसँगै विप्लबसहित सबै नेता कार्यकर्ता भूमिगत भइसकेका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार