मिलाप फाउण्डेशन द्वारा नुवाकोटमा शैक्षिक तथा खेलकुद सामान वितरण कार्यक्रम सम्पन्न

८ चैत्र २०७५, शुक्रबार १६:२६ मा प्रकाशित

नुवाकोट : शैक्षिक तथा स्टेसनरी सामान बितरण गरे के असम्भव ,एक सामाजिक अभियान भन्ने मुल उद्देश्यको साथ नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नम्बर ३ को चण्डी आधारभूत बिधालय मैतार स्थित मिलाप फाउण्डेशनको आयोजना तथा ईभेन्ट म्यानेजमेन्ट एसोसियसन अफ नेपालको सहकार्यमा शैक्षिक तथा खेलकुद सामान वितरण कार्यक्रम सम्पन्न भएको छ।जिल्ला समन्वय समिति नुवाकोटको सदस्य गणेश बहादुर शाहीको प्रमुख आतिथ्यमा एवं बिदुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्री बद्रि रिमालको बिशेस आतिथ्यमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागी शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ।बिद्यालयमा अध्यनरत विद्यार्थीको लागी स्कुल ब्याग ,खेलकुद सामाग्री र स्टेसनरी सामान गरि १५० जना विद्यार्थीलाई हस्तान्तरण गरिएको छ।सामाजिक अभियानमा सक्रिय हुने उद्देश्यले स्थापना भएको मिलाप फाउन्डेसनको अध्यक्ष गिता अधिकारीको नेतृत्वमा उपाध्यक्ष राज लुईटेल,महासचिव किरण प्रसाद अधिकारी ,सचिब गोकर्ण लामिछाने ,कोशाधक्ष्य रेखा पौडेल र सदस्यहरु प्रलाहद केसि,सारिका घिमिरे ,सपना राई,राज न्यौपाने ,योगेशकाजी र जेनि कुबर सहितको समुह पुगेको थियो । सामाजिक अभियानमा सक्रिय हुने उद्देश्यले स्थापित फाउन्डेसनको सस्थापक सबै पत्रकारिता र कलाकारितामा आफ्नो परिचय बनाएका ब्यक्तिहरु छ्न ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको