भिडियोमा आयो यश कुमार र बाबु बोगटीको दुरी बढाउने ‘सिउँदो’

८ चैत्र २०७५, शुक्रबार १३:५३ मा प्रकाशित

काठमाडौं– करिव एक दशकअघि गायक तथा संगीतकार यश कुमारको शब्द तथा संगीतमा तयार भएको ‘सिउँदो’ रेकर्ड भएको झण्डै एक दशकपछि संगीतकार यश कुमारको अनुमित लिएर गायक एकदेव लिम्बुले उक्त गीत रि–रेकर्ड गरे । आफ्नो स्वरको गीत अर्कै गायकको स्वरमा रेकर्ड भएपछि कुनैबेलाका अति नजिकका दुई मित्र यश कुमार तथा बाबु बोगटीबीच केही महिनअघि मनमुटावमात्र नभइ विवाद नै सिर्जना भएको थियो । अन्त्यमा, गायक बोगटीले एकदेवको गीतलाई न्यू भर्सन तथा आफ्नो गीतलाई ओल्ड भर्सन भनिनु पर्ने माग राखेपछि उक्त विवाद साम्य भएको थियो । सोहीको गीतको नयां संस्करण गायक एकदेव लिम्बुको स्वरमा रेकर्ड भएको छ । नयां संस्करणको उक्त गीतको मर्मस्पशी म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको छ ।

एउटा डायरी उपहार दिने क्रममा भएको सानो अन्यौलले कसरी तीन जना व्यक्तिको जीवन निराशामा परिवर्तन हुन्छ भन्ने कथावस्तु चित्रण गरिएको उक्त म्युजिक भिडियोको निर्देशन अनिल के मानन्धरले गरेका हुन् । रिकेश गुरुङको संगीत संयोजनमा रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल सोनिया जिआर, गायक एकदेव लिम्बु तथा रुपेश राईले अभिनय गरेका छन् । सुप्रिम पराजुलीद्वारा सम्पादन गरिएको उक्त म्युजिक भिडियो निर्देशक मानन्धरले नै काठमाडौं वरपरका लोकेशनमा छायांकन गरेका हुन् ।

उक्त म्युजिक भिडियोलाई गायक लिम्बुकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यसअघि यही च्यानलबाट यही गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको थियो । उक्त लिरिकल भिडियो करिव २० लाख पटक हेरिएको छ । लिरिकल भिडियोमा आएका प्रतिक्रियाहरुमा अधिकाशंले उक्त गीतको म्युजिक भिडियो हेर्न चाहेको उल्लेख गरेका थिए ।

करिव एक महिनाको अवधि लगाएर तयार पारिएको म्युजिक भिडियोलाई बाबा एजुकेसन कन्सल्टेन्सीको सहकार्यमा निर्माण गरिएको हो । भिडियो निर्माणमा परिवर्तन इभेन्ट हाउसको समेत सक्रियता छ ।

यस्तो छ सिउँदोको म्युजिक भिडियो

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सन्नी लियोन को अवतार फेरिएको धेरै भइसकेको छ । उनी बलिउडमा अत्यन्तै छोटो समयमा धेरै र उत्कृष्ट चलचित्र

काठमाडौं । भारत सरकारले सोमबार ६७औं राष्ट्रिय फिल्म अवार्ड प्रदान गरेको छ । उपराष्ट्रपति बेकैया नायडुले सम्मानित तथा पुरस्कृत फिल्म

काठमाडौं। नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी

काठमाडौं। अभिनेत्री श्वेता तिवारी बेला बेला चर्चामा आइरहने कलाकार हुन् । उनी अहिले केपटाउनमा छिन् । टेलिभिजन शो ‘खतरों के