कोइरालाले त्यागे ओहदा

१५ श्रावण २०६९, सोमबार १३:०० मा प्रकाशित


काठमाडौं, १५ साउन । सरकारले वरिष्ठताको क्रम मिचेर आफूभन्दा कनिष्ठलाई आइतबार मूख्य सचिवमा नियुक्त गरेपछि असन्तुष्ट रहेका सचिव शंकरप्रसाद कोइरालाले राजीनामा दिनुभएको छ । नियुक्तिप्रति असन्तुष्टी जनाउदै कोइरालाले सचिव पदवाट राजीनामा दिएको पत्र आजै प्रधानमन्त्री कार्यालयमा वुझाउनुभएको छ । मूख्य सचिवको दौडमा रहेका १३ सचिव मध्ये निर्वाचन आयोगका सचिव कोइराला बरिष्ठता तथा कार्यानुभवका आधारमा एक नम्बरमा हुनुहुन्थ्यो ।
कोइरालाले निजामति ऐनको दफा १९ मा बहालवाला सचिवमध्ये बरिष्ठताका तथा कार्यकुशलताका आधारमा मुख्यसचिवमा बढुवा गर्नपर्नेमा सरकाले मर्यादाक्रम मिच्दै आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाएको भन्दै राजीनामा दिएका हुन् । कोइरालाले बुझाएको राजीनामा पत्रमा सरकारले ८ औं बरियताका सचिव लिलामणि पौडेललाई मुख्यसचिव नियुक्ति गरिनुले प्रचलित ऐन, वरिष्ठता र कार्यानुभवको समेत उपेक्षा गरेको उल्लेख गरिएको छ ।
शंकर कोइरालाको राजीनामालगत्तै असन्तुष्ट अन्य केही वरिष्ठ सचिवहरुको समेत राजीनामा आउन सक्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्