चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त

७ चैत्र २०७५, बिहीबार १७:४६ मा प्रकाशित

काठमाडौँ : चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता केशव भट्टराई नियुक्त भएका छन् । उनलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिदै भट्टराईले आफ्नो योजनाको बारेमा पदबहाली गरिसकेपछि मात्र जानकारी दिने बताए ।

चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्षसमेत रहेका अध्यक्ष भट्टराईले अब २ बर्ष चलचित्र विकास बोर्ड हाँक्नेछन् । निकिता पौडेलले केही महिना अगाडि राजीनामा दिएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । शिल्पा शेट्टी कुनै समयकी सफल अभिनेत्री हुन् । उनले बलिउडका प्राय: कलाकारहरूसँग स्क्रिन सेयर गरेकी छिन् । ठूलो

काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमङ्ग क्रियसनले बिहिबार साँझ दरबारमार्ग स्थित

काठमाडौं । बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले ‘केदारनाथ’मार्फत बलिउडमा

काठमाडौं । पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो ‘केजिएफ २’ । सार्वजनिक टिजरले बनाएको रेकर्डले पनि दर्शकमा फिल्मलाई लिएर