नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले गणतन्त्र र संघीयताको विषयमा जनमत संग्रहमा जानुपर्ने प्रस्ताव

७ चैत्र २०७५, बिहीबार ०८:१३ मा प्रकाशित

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् ।
टोखास्थित आफ्नै निवासमा होलीको अवसरमा चियापान कार्यक्रम गर्दै ले उहाँले धेरैजसो हिन्दु धर्मालम्बीहरूले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरूको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको पनि स्पष्ट पार्नुभयो ।

राज्य धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दबाब दिन पनि सबैलाई आह्वान गर्नभयो । उहाँले आफ्नो पार्टी जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको पनि बताउनुभयो ।

महामन्त्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएरअघि बढाउन समेत आग्रहगर्नुभयो । कोइरालाले पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट आफूले पहल गर्ने जानकारी दिदै उहाँले पार्टीको विभागहरू तत्काल गठन गर्न पनि सभापति देउवालाई आग्रह गर्नुभयो । श्रोत: विकास टाईम्सबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल