अचानक किन आए यशबंत सिन्हा ?

१५ श्रावण २०६९, सोमबार १२:४४ मा प्रकाशित

काठमाडौं, १५ साउन । विपक्षी दलले सरकारको विरोध गर्न पनि नछाडेका र आन्दोलन गर्ने आंट पनि नदेखाएबाट राजनीतिक अन्योल एवम् जटिलता बढेको छ । यस परिवेशमा नेपाली नेताहरु दिल्ली जाने क्रममा पनि तिब्रता देखिएको छ । यसरी विभिन्न बहाना बनाउंदै राजनीतिक मन्त्रदान लिन नेपाली नेताहरु नयांदिल्ली जानु कुनै अनौठो विषय नबने पनि दिल्लीबाट उताका हैसियतवाला नेताको अचानक नेपाल आगमन हुनुलाई चाहिं यहां विशेष महत्वका साथ अथ्र्याइने गरिन्छ । यस्तै रुपमा हेरिंदैछ आज बिहान अचानक काठमाडौं अवतरण गरेका भारतीय जनता पार्टीका वरिष्ठ नेता यशबंत सिन्हाको नेपाल आगमनलाई पनि ।
हो, नेपाली राजनीतिमा देखिएको गत्यारेधकै क्रममा निजी भ्रमण भन्दै यशबंत सिन्हा राजधानीमा प्रकट हुनुले उपल्लो तहमा तीब्र राजनीतिक तरंग पैदा गरेको छ । निजी भनेर ध्यान हटाउन खोजिए पनि सिन्हाको आगमनलाई हलुका रुपमा लिन नमिल्ने धारणा एक राजनीतिक विश्लेषकले व्यक्त गरे । अचानक नेपाल आइपुगेका यशबंत सिन्हाले आजैदेखि उच्च राजनैतिक भेटवार्ता सुरु गर्ने विश्वस्त सुत्रले जनाएको छ । उनले नेपालको पछिल्लो राजनैतिक गतिरोध समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा शीर्ष नेताहरुसँग भेटेर छलफल गर्ने र उपायहरु सुझाउने स्रोतको कथन छ ।
स्मरण रहोस्, यशबंत सिन्हा भारतीय जनता पार्टीका वरिष्ठ नेता मात्र नभई नेपालसंग विशेष नजिक समेत मानिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्