साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माद्वारा राजीनामा

६ चैत्र २०७५, बुधबार ०५:१० मा प्रकाशित

साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले राजीनामा दिएका छन् । शर्माले ४ दिनअघि नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई राजीनामा बुझाएका थिए ।

शर्मालाई आफ्नै छापाखाना र देशभर जग्गा भएको साझा प्रकाशन धराशायी भएको, कर्मचारीहरू आन्दोलनरत रहेको, तलब नपाएको, कर्मचारी र नेतृत्वबीच राम्रो सम्बन्ध नभएको, सञ्चालक समिति र कर्मचारीको सम्बन्ध बिग्रिएकोलगायतका आरोप लागेका थिए ।

यसअघि साझामा देखिएको बेथिति रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले महाप्रबन्धक शर्मालाई स्पष्टीकरण माग गर्न साझा प्रकाशनलाई निर्देशन दिएकी थिइन् ।
साझा प्रकाशन सहकारी संस्थाले गत बुधबार पत्राचार गरी ३ दिनभित्र सञ्चालक समिति समक्ष स्पष्टीकरण माग गर्दै शर्मालाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।