युद्ध अपराधको आरोपमा प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, पक्राउ नपर्ने

'पत्नि सीता दाहालको उपचारको बहाना बनाउदै व्हाइट हाउसलाई स्पष्टीकरण दिन अध्यक्ष प्रचण्ड अमेरिका आएका हुन्'
५ चैत्र २०७५, मंगलवार २०:१२ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, ५ फागुन । पत्नि सीता दाहालको उपचारको बहाना बनाउदै व्हाइट हाउसलाई स्पष्टीकरण दिन अमेरिका भ्रमणमा आएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध गत आइतबार युद्ध अपराधको आरोपमा बाल्टीमोरस्थित संघीय ब्युरोमा उजुरी परेको छ । केन्टकी स्टेट युनिभर्सिटीमा कार्यरत डा तिलक श्रेष्ठले अमेरिका भ्रमणमा आएका अध्यक्ष ‘प्रचण्ड’ विरुद्ध युद्ध अपराधको आरोपमा बाल्टीमोरस्थित संघीय ब्युरोमा उजुरी गरेका हुन् ।
श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्युरोमा दायर गरेको उजुरीमा प्रचण्डलाई युद्ध अपराधका नेतृत्वकर्ता र आतंककारी उल्लेख गरिएकोछ । डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ, ‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएका छन्। उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए। उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए ।’

‘प्रचण्ड’ विरुद्ध युद्ध अपराधको आरोपमा बाल्टीमोरस्थित संघीय ब्युरोमा उजुरी हाल्ने श्रेष्ठ हाल केन्टुकी स्टेट युनिभर्सिटीमा रिसर्च एसोसिएटका रुपमा कार्यरत रहेको विश्वविद्यालयको वेवसाइटमा उल्लेख छ। उनले यसअघि नर्थ एलाबामा सेन्टर फर एजुकेशन एक्सिलेन्समा शिक्षाविद्का रुपमा काम गरेका थिए । विद्यालयीय शिक्षा काठमाडौंको पद्मोदय हाइ स्कुलबाट पूरा गरेका श्रेष्ठ विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। उनी हाल अमेरिकाको हन्टभिल्ला अल्बामामा बस्दै आएका छन् । गत महिना भेनेजुयला प्रकरणमा अमेरिका बिरुद्ध वक्तब्य दिएर बिबादमा तानिएका अध्यक्ष प्रचण्ड नेपालका लागि अमेरिकी राजदुत रेन्डी बेरीको सहजीकरण पछि पत्नि सीता दाहालको उपचारको बहाना बनाउदै व्हाइट हाउसलाई स्पष्टीकरण दिन अमेरिका भ्रमणमा आएका हुन् ।

दक्षिण एशियाली मामला हेर्ने उच्च अमेरिकी अधिकारीले उजुरी परेको पुष्टि गर्दै भने, ‘पत्नि सीता दाहालको उपचारको बहाना बनाउदै व्हाइट हाउसलाई स्पष्टीकरण दिन अमेरिका भ्रमणमा आएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध युद्ध अपराधको आरोपमा बाल्टीमोरस्थित संघीय ब्युरोमा उजुरी परेपनि यो भ्रमणमा मानवीय कारणले उनलाई अमेरिकी सुरक्षा निकायले पक्राउ गर्ने छैन । यद्यपी ‘प्रचण्ड’ संसारको कुनै पनि मुलुकमा कुनै पनि युद्ध अपराध कुनै पनि समय पक्राउ पर्ने स्रोतको दावीछ ।

स्मरण रहोस मित्र राष्ट्र भारतको हतियार र संरक्षणमा नेपालमा ससस्त्र युद्ध गरेका प्रचण्डले युद्ध कालमा कक्षा कोठामा पढाइरहेका लम्जुङ्गका मुक्ति अधिकारी देखि आफुलाई सुरा सुन्दरी उपलब्ध गराउने सहकर्मी यानप्रसाद गौतम सम्मको खुकुरी र बन्चरो प्रहार गरी निर्मम हत्या गर्ने कार्यको नेतृत्व लिएका उनले युद्धकालमा मारिएका करीब २० हजार निर्दोष नागरिकको हत्याको जिम्मेवारी लिएका छन् भने त्यतिनै संख्यामा उनको नेतृत्वमा माओवादीद्वारा मारिएकाहरुको खोजविन र सत्य निरुपण हान सकेको छैन । यस अघि बेलायत सरकारले लन्डन विमानस्थलबाट नेपाली सेनाका कर्नेल कुमार लामालाई नियन्त्रणमा लिएर युद्ध अपराधमा मुद्धा चलाई दण्ड दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री