तुईनमा अलपत्र पांच को उद्धार

१५ श्रावण २०६९, सोमबार ०९:५१ मा प्रकाशित


काठमाडौं, १५ साउन । चितवन र तनहुँ जिल्ला जोड्ने नारायणी नदीको तुइनबाट नदी पार गर्न लाग्दा बीचैमा अड्किएका पाँचजनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । तनहुँको छिम्केश्वरी –५ बाट चितवन जिल्लाको सिमलतालतर्फ नदी पारगर्न लागेका एक नाबालिकासहित पाँचजना तुइनको घिर्नीको लक भाँचिएर अलपत्र परेपछि एपीएफ टोलीले उद्धार गरेको हो ।
छिम्केश्वरीनिवासी २० वर्षिया सुषमा आलेमगर र उनकी चार महिनाकी छोरी आषिकासहित गाँउका ५० वर्षिय बीरबहादुर मगर, २१ वर्षिया भरीमाया आलेमगर र २० वर्षिया रमिला मगर किनमेलका लागि तुइनबाट नदी तर्ने क्रममा तुइनको विचमा अड्किएका थिए ।
आइतबार विहान करीब आठ बजे सो घटना भएपछि स्थानीय बासिन्दा र प्रहरीले उद्धारको प्रयास गरेपनि सम्भव नभएपछि कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिमकेन्द्रमा खबर गरिएको थियो । त्यसपछि सशस्त्र प्रहरी निरीक्षक मोहनजंग कार्कीको कमाण्डमा डोरी, सिट बेल्ट, चेष्ट हर्निस, लाइफ ज्याकेट, बोट लगायतका सो तालिम केन्द्रमा उपलब्ध श्रोत साधनसहित उद्धार कार्यको लागि खटिएको एपीएफ टोली दिउँसो करीब तीन बजे सो ठाउँमा पुगेर उद्धार कार्यमा जुटेको थियो । एपीएफ टोलीले दुई घण्टाको प्रयासमा सवै जनालाई सकुशल उद्धार गरेको बताइएको छ ।
अपर वाटर रिभर क्रसिङ रेस्क्यु मेथडबाट डोरीको सहायताले सिट बेल्ट र चेष्ट हार्निसलाई डोरीले लक गरेर एक÷एक जना गर्दै सबैलाई उद्धार गरिएको थियो भने चारमहिने बालिकालाई एक सशस्त्र प्रहरीले छातीमा टांसेर सुरक्षित उद्धार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर