ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो अमेरिकाका राष्ट्रपतिसँग भेटवार्ता गर्न वासिङ्टन डिसीमा

४ चैत्र २०७५, सोमबार २३:१४ मा प्रकाशित

वासिङ्टन : ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिसँग भेटवार्ता गर्न आइतबार वासिङ्टन डिसी आइपुग्नुभएको छ । दुबै राष्ट्रपतिले मुख्यरुपमा भेनेजुएला सङ्कटका बारेमा छलफल गर्ने समाचारमा जनाइएको छ ।

राष्ट्रपति बोल्सोनारोका मन्त्रिपरिषदका छ सदस्य पनि समावेश हुनुहुन्छ । ब्राजिलका विदेश मन्त्री अर्नेस्टो आराउजो, अर्थ मन्त्री पाउलो गुडेस र कानुन मन्त्री सर्जेइ मोरो भ्रमण दलमा सहभागी हुनुहुन्छ ।

बोल्सोनारोले वासिङ्टनमा आइपुगेपछि गर्नुभएको ट्वीटमा भन्नुभएको छ, “अमेरिका विरोधी नरहेका पहिलो राष्ट्रपति अमेरिका भ्रमणमा आइपुगेको छ । यो वर्षौंपछि पहिलो पटक हुन लागेको छ ।”

राष्ट्रपति बोल्सोनारोको जनवरी १ मा कार्यभार सम्हालेयता कुनै राष्ट्रको पहिलो औपचारिक भ्रमण हो । यसअघि उहाँ गत जनवरीमा स्वीट्जरल्यान्डमा आयोजित डाभोस बैठकमा सहभागी हुनुभएको थियो ।

राष्ट्रपति बोल्सोनारो मङ्गलबार स्वदेश फर्कनुहुनेछ ।

ह्वाइट हाउसको बाहिर दर्जनौं प्रदर्शनकारीले बोल्सोनारोको विरुद्धमा नाराजुलुस गरेका थिए । उहाँमाथि अधिकारकर्मी मारिएला फ्रान्कोको हत्यामा संलग्न रहेको आरोप छ । प्रहरीले भने फ्रान्कोको हत्यामा राष्ट्रपतिको कुनै संलग्नता नरहेको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र ब्राजिलका राष्ट्रपति बोल्सोनारो दुबैमाथि दक्षिणपन्थीको आरोप लाग्ने गरेको छ ।
अमेरिकी महादेशका यी दुई विशाल भूगोल र जनसंख्या भएका देशबीच पछिल्लो समय क्षेत्रीय मामिलामा एकमत देख्न पाइन्छ ।

भेनेजुएला सङ्कटका बारेमा संयुक्तराज्य अमेरिका र ब्राजिलले त्यहाँका विपक्षी नेता हुवाँ गुएइदोको समर्थन गरेका छन् । दुबै मुलुकले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई सत्ताच्यूत गर्न चाहेका छन् ।

ब्राजिल फर्किएलगत्तै राष्ट्रपति बोल्सोनारोले चिली र मार्चको अन्त्यमा इजरायलको भ्रमण गर्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ