
हरारे, जिम्बाब्वे, ३ चैत (एएफपी)। जिम्बाब्वेको पूर्वीक्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको यहाँका अधिकारीले शनिबार जनाएका छन् ।
मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण अझै पनि ७१ व्यक्ति हराइरेहका छन् ।
आँधीका कारण हजारौँ व्यक्ति प्रभावित भएका र प्रभावित क्षेत्रमा विद्युत् काटिएको छ भने पुलहरू बाढीले बगाएको छ ।
पछिल्लो जानकारीअनुसार ३१ जनाको मृत्यु हुनुको साथै ७१ वेपत्ता रहेका छन् । आँधी र आँधीपछि आएको बाढीका कारण २५ घर निशाना पनि भेट्न नसकिने गरी बगाएको बताइएको छ ।
बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको छ । सीमा क्षेत्रमा रहेको एक विद्यालयबाट सेना र उद्वारकर्ता गरेको कारबाहीको क्रममा करिब दुई सय विद्यार्थीको उद्वार गरिएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका
नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित
विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ