भदौबाट सशक्त आन्दोलन ः कांग्रेस जिल्लासभापतिहरु

१५ श्रावण २०६९, सोमबार ०९:३७ मा प्रकाशित


काठमाडौ, १५ साउन । सिन्धुपाल्चोकको बाह्रबिसेमा हुन लागेको कांग्रेस जिल्ला सभापतिहरुको भेलाले संविधानसभा पुनस्र्थापनाको विकल्पलाई खारेज गर्ने कांग्रेस नेता मोहनबहादुर बस्नेतले दाबी गरेका छन् ।
आजबाट बाह्रबिसेमा सुरु हुने भेलाका बारेमा जानकारी दिन राजधानीमा आइतबार आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै भेला आयोजक जिल्ला सिन्धुपाल्चोकका सभापति बस्नेतले चार वर्षसम्म संविधान बनाउन नसक्ने संविधानसभा पुनस्र्थापनाको सम्भावना नभएको बताए । कांग्रेसका जिल्ला सभापतिहरुले भेलामा कां्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गरी सहमतिमै निर्वाचनमा जाने प्रस्ताव प्रस्तुत गर्ने जानकारी उनले दिए । भेलाले राष्ट्रिय संकट समाधानको रोडम्याप प्रस्तुत गर्ने स्पष्ट पार्दै सहमति बने काग्रेसले तत्काल प्रधानमन्त्रीको उमेदवार सार्वजनिक गर्ने समेत उनले बताए । बैठकमा सभापतिहरुले महासमिति बैठक तत्काल बोलाउने, आन्दोलनको घोषणा गर्ने र निर्वाचन–पुनस्र्थापनको विवादमा स्पष्ट पार्ने प्रस्ताव लैजाने बस्नेतले जानकारी दिए ।
काठमाडौका सभापति भिमसेनदास प्रधानले नयाँ निर्वाचन वा संविधानसभाको पुनस्र्थापनाको विषयमा कायम रहेको अन्योलता अन्त्य गर्दै भेलाले स्पष्ट मार्ग चित्र तयार पार्ने विश्वास ब्यक्त गरे ।
यसैगरी, सोलुखुम्बुका सभापति आङगेलु सेर्पाले सहमतिको सरकारको नेतृत्वको लागि उम्मेदवार चयनमा दबाव दिने जानकारी दिंदै निर्वाचन र पुनस्र्थापनाको विषयमा समेत कांग्रेस स्पष्ट हुने विश्वास ब्यक्त गरे भने कास्कीका सभापति यज्ञबहादुर थापाले कांग्रेसले भेलाबाट बार्ता र आन्दोलनको चरणलाई सँगसँगै अगाडि बढाउन रोडम्याप तयार गरिने बताए ।
डडेलधुराका सभापति कर्णबहादुर मल्लले विधान संसोधनको लागि महासमितिको बैठक बोलाउने र संकट समाधानको रोडम्याप तयार पार्ने विषयमा भेला केन्द्रीत हुने विश्वास ब्यक्त गरे भने धादिङ कांग्रेसका सभापति रामनाथ ढकालले प्रधानमन्त्रीले सहजै सत्ता त्याग नगरेको अवस्थामा भदौबाट सशक्त आन्दोलन गर्ने विषयमा बैठकले स्पष्ट निर्देशन दिने बताए

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा