हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा

३ चैत्र २०७५, आईतवार ०८:१० मा प्रकाशित

चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेको छ । चैत १५ गतेबाट सुरु हुने पहिलो चरणको आन्दोलन ८ वैशाखमा दुई घन्टा राजमार्ग र चोकहरुमा सत्याग्रहसँग सकिनेछ ।

काठमाडौंमा शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले स्थानीय तह केन्द्रित पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । १६ गतेसम्म प्रचार प्रसार, १७ देखि २३ गतेसम्म देशब्यापी हस्ताक्षर संकलन  र २५ गते जिल्ला सदरमुकाम, प्रदेश राजधानी र सिंहरदबारमा एक घन्टा धर्ना राखिएको छ ।

चैत २८ मा स्थानीय तहको केन्द्रमा एक घन्टा धर्ना, वैशाख ५ गते जिल्ला सदरमुकामा धर्म निरपेक्षताको ब्यानर तथा प्ले कार्ड जलाउने र ८ गते सम्पूर्ण राजमार्ग र चोकहरुमा २ घन्टा सत्याग्रहको कार्यक्रम राखिएको राप्रपाले जनाएको छ ।

राप्रपाले दोस्रो चरणको संघर्ष जिल्ला सदरमुकाम तथा अन्तिम चरणमा राजधानी केन्द्रित हुने बताएको छ ।

राप्रपाले विप्लव माओवादीलाई हिंसा त्याग्न र सरकारलाई प्रतिबन्ध होइन, वार्ताबाट निकास खोज्न आग्रह गरेको छ । सिके राउत समूहसँग भएको सम्झौताले अनेक प्रश्न खडा गरेको भन्दनै उसले सरकारले तत्काल जवाफ दिनुपर्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल