सुविधा फर्काउने होडबाजी

१४ श्रावण २०६९, आईतवार २२:१३ मा प्रकाशित


काठमाडौं, १४ साउन । नागरिक तहबाट चर्को विरोध भएपछि पूर्व विशिष्ट अधिकारीहरुबीच सरकारी सुविधा फिर्ता गर्ने होडबाजी चलेको छ । पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने सरकारी निर्णयको सर्वत्र विरोध हुन थालेपछि आज तीनजना पूर्वप्रधानन्यायाधीशहरुले आफूले राज्यबाट पाउंदै आएको सबै सरकारी सुविधा फिर्ता गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा र रामप्र्रसाद श्रेष्ठले आजदेखि गाडी, चालक, इन्धन र सचिवालय खर्च सुविधा परित्याग गर्नुभएको हो । नागरिकस्तरबाट विरोध भएकोले सरकारी सुविधा उपभोग गर्नु उपयुक्त नभएको भन्दै उहांहरुले सर्वोच्च अदालतलाई फर्काउनुभएको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।
यस्तै पूर्वसभामुख सुवास नेम्वाङले पनि सरकारी सुविधा फर्काउनुभएको छ । पूर्वसभामुखको हैसियतमा प्राप्त बा १ झ ८४०१ नंबरको स्कोर्पियो जिप नेम्वाङले आजै फिर्ता गर्नुभएको हो । एमाओवादीका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष झलनाथ खनाल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्रीको हैसियतले पाएको सरकारी सुविधा यसअघि नै फर्काइसक्नुभएको छ भने नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि पूर्वसभामुखको हैसियतमा पाएको सुविधा परित्याग गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई विमानस्थलबाट फर्काइएको छ । विभिन्‍न देशमा जानका लागि

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा