भारतीय भन्सारमा मल रोक्का

१४ श्रावण २०६९, आईतवार २१:३२ मा प्रकाशित

विराटनगर, १४ साउन । भारत सरकारको आधिकारिक कम्पनी आइपीएलले पठाएको ३३ हजार बोरा डिएपी मल चार दिनदेखि जोगवनीस्थित भारतीय भन्सारले रोकेको छ ।
कृषि सामाग्री कम्पनी लिमिटेडको पूर्वाञ्चल क्षेत्रीय कार्यालय गोदाममा सो मल नआएका कारण किसान अहिले पनि समस्यामा छन् । आइपीएल कम्पनीको इजाजतपत्रको अवधि समाप्त भएको र नवीकरण नगरेको हुँदा नवीकरण पत्र प्राप्त नभएसम्म भारतीय भन्सारले मल ल्याउने अनुमति नदिएको कृषि सामग्रीका पूर्वाञ्चल प्रमुख दिनेश श्रेष्ठले बताउनुभयो ।
जोगवनी रेल स्टेसनमा ४०÷५० वटा ट्रकमा लोड गरिएका ट्रक नेपाल प्रवेशको पर्खाइमा छन् । साथै  जोगवनी रेल स्टेसनको खाली जमिनमा पनि १० हजार बोरा डिएपी मल राखिएको बताइएको छ । आइपीएल कम्पनीले इजाजतपत्र नवीकरण गरी जोगवनीस्थित भारतीय भन्सार कार्यालयमा कागजात पेस नगरेसम्म भारतीय भन्सारले नछोड्ने त्यहाँका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध