आज राप्रपाकाे मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा समापन गर्ने

१ चैत्र २०७५, शुक्रबार १०:१९ मा प्रकाशित

काठमाडौँ : राप्रपाले गत फागुन १५ गतेदेखि ३० गतेसम्म ताप्लेजुङबाट सुरु गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौंमा समापन हुने भएकाे छ । पार्टीले विभिन्न माग राख्दै मेची-महाकाली यात्रा सुरू गरेकाे थियाे । यात्राका क्रममा सहभागीले दुई हजार ८ सय १० किलोमिटर दूरी पार गरेकाे थियाे ।

र्‍यालीमा करिब साढे एक सय सभा गरेको राप्रपाले शुक्रबार काठमाडौंमा अन्तिम सभा गरी समापन गर्न लागेको हो । पार्टीका अध्यक्ष कमल थापाले नेतृत्वमा सुरू भएको र्‍यालीमा विभिन्न जाति तथा धर्म झल्कने चिह्नसहित गाईको प्रतिमूर्ति बनाएको थियो । राप्रपाले उपत्याकामा ललितपुरको जाउलाखेलबाट र्‍याली सुरू गरी तिनै सहरको परिक्रमा गर्दै सभा बिर्सजन गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा