लुटेरा समूहका एकजना पक्राउ

१४ श्रावण २०६९, आईतवार २१:२८ मा प्रकाशित

धनगढी, १४ साउन । कैलालीको अत्तरीया बजारमा रहेको एनसीसी बैंक लुट्न प्रयास गर्ने समूहमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा आज आयोजित पत्रकार सम्मेलनमा बैंक लुट्न प्रयास गर्ने समूहका डडेल्धुरा जोगबुढा घर भई हाल कैलाली मालाखेती गाविस–७ वनगाउँ बस्ने २२ वर्षीय वीरबहादुर धामीलाई सार्वजनिक गरियो ।
गत असार २९ गते राति अभियुक्त धामी समेतको समूहले एनसीसी बैंक लुट्न गरेको प्रयास बैंकका सुरक्षागार्ड र मालाखेती प्रहरी चौकीको सक्रियतामा असफल भएको थियो । प्रहरीले बैंक लुट्ने प्रयास भएको १४ दिनपछि गत शुक्रबार राति अभियुक्त धामीलाई उनी बसेकै घरबाट पक्राउ गरेको हो । गिरोहले दुई महिना अघिदेखि बैंक लुट्ने योजना बनाएको अनुसन्धानबाट पुष्टि भएको प्रहरी उपरीक्षक घनश्याम अर्यालले बताउनुभयो । अभियुक्तलाई डाँका, चोरी र हातहतियार खरखजाना ऐनअन्तर्गत कारवाही गर्न मुद्दा दायर हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या