बिप्लपलाई प्रतिबन्ध लगाऊनु सकारात्मक

३० फाल्गुन २०७५, बिहीबार ०६:२५ मा प्रकाशित

२९ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सूर्य थापाले विप्लव नेतृत्वको नेकपाको गतिबिधिमा सरकारले गरेको प्रतिबन्ध सकारात्मक रहेको बताएका छन । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा अाफ्नो दृष्टिकोण राज्दै उनले भनेका छन ‘प्रतिबन्ध विप्लवलाई होइन, हिसा, आतंक र लुटपाटमाथि हो ।’ उनले एनसेलका टावरहरू ध्वस्त पार्ने, वैदेशिक राेजगार व्यवसायी राेहन गुरूङकाे घरमा बम पड्काउने, चन्दा अातंक मच्चाउने र हिंसाकाे सहारामा यस्तै के के गर्ने ? भन्दै विप्लवमाथि प्रश्न समेत गरेका छन ।

नेता थापाले हिंसाकाे प्रिय साधन अपनाएर शान्तिपूर्ण र खुला गतिविधि गर्न शायदै संसारमा कहिकतै मिल्छ ? भन्ने प्रश्न गर्दै विप्लवलाइ समेत थाहा भएका यस्ता विषयमा कुरा चपाउनु अावश्यक नभएको बताएका छन । उनले संविधानअन्तर्गत क्रियाशील शक्तिहरूलाई प्राप्त अधिकार, संविधान मान्न तयार भएका पक्षहरूलाई गर्ने व्यवहार सरकारले उत्पात र हिंसा मच्चाउने कुनै शक्तिहरूलाई नगरेको र नगर्ने समेत स्पष्ट पारेका छन । नेता थापाले संविधान नमान्न पाइए पनि हिंसा मच्चाउन नपाइने बताएका छन ।

फाइल तस्बीर ।

उनले फेसबुकमा यस्तो लेखेका छन

एनसेलका टावरहरू ध्वस्त पार्ने, वैदेशिक राेजगार व्यवसायी राेहन गुरूङकाे घरमा बम पड्काउने, चन्दा अातंक मच्चाउने र हिंसाकाे सहारामा यस्तै के के गर्ने ?
सरकारले प्रतिबन्ध विप्लवलाई हाेइन, हिसा, अातंक र लुटपाटलाई गर्ने निर्णय गरेकाे हाे । हिंसाकाे प्रिय साधन अपनाएर शान्तिपूर्ण र खुला गतिविधि गर्न शायदै संसारमा कहीकतै मिल्छ ? कुरा स्पष्ट छ । याे कुरा स्वयं विप्लवजीलाई पनि थाहा छ । कुरा चपाउनु अावश्यक छैन ।
संविधानअन्तर्गत क्रियाशील शक्तिहरूलाई प्राप्त अधिकार, संविधान मान्न तयार भएका पक्षहरूलाई गर्ने व्यवहार त सरकारले उत्पात र हिंसा मच्चाउने कुनै शक्तिहरूलाई गर्दैन । र, त्यस्ताे छुट दिन सक्दैन नै । संविधान नमान्न पाइन्छ, हिंसा मच्चाउन पाइदैन । याे राजनीतिकाे कखरा जान्ने जाेकाेहीले नबुझेकाे विषय हाेइन ।
अब कुरा अामनेसामने नै भएकाे छ ।
हिंसा मच्चाए- प्रतिबन्ध हुनु स्वभाविक छ ।
संविधान मानेर अाए वा
हिंसाकाे बाटाे परित्याग गरे
प्रतिबन्ध फुकुवा हुन्छ ।
अनि सरकारले नयाँ सहमति गर्छ !
अब कुन बाटाे राेज्ने ?
बल विप्लवजीकाे काेर्टमा पुगेकाे छ ।
बुझ्नुपर्छ बम पड्काएर गरिएका
गतिविधिहरूकाे प्रतिक्रिया हाे
याे प्रतिबन्ध !!!

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा