मेक्सिकोमा पत्रकारको हत्या मानवता विरुद्ध अपराध –आइसीसी

२९ फाल्गुन २०७५, बुधबार २१:४५ मा प्रकाशित

मेक्सिका सिटी, २९ फागुन (एएफपी)। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले मेक्सिकोमा सन् २०१२ बाट २०१८ सम्ममा मारिएका १०२ जना पत्रकार विषयमा गरेको अनुसन्धानका क्रममा यो मानवताविरुद्धको अपराध भएको निकर्ष निकालेको ‘रिपोर्टर्स विदाउट बोडर्स’ले जनाएको छ ।

सोही समयावधिमा अन्य १४ जना पत्रकार वेपत्ता रहेका पनि उक्त समूहले जानकारी दिएको छ । पे्रसलाई लक्ष्य गरी भएका यी हत्या अपहरण जस्ता घटनाहरु अन्तर्राष्ट्रिय रुपमा नै गम्भीर अपराध भएको बताइएको छ ।

नागरिक समाज र पत्रकारलाई सुनियोजित र बढ्दो रुपमा गरिएको यी आक्रमणलाई मानवताविरुद्धको अपराधको संज्ञा दिइएको ‘रिपोर्टर्स विदाउट बोर्डर्स’का महासचिव क्रिस्टोफ डेलोइरले बताउनुभयो ।

हाल विश्वमा युद्धग्रस्त देशहरु अफगानिस्तान र सिरियापछि पत्रकारको बढी हत्या र अपहरण हुने देशको सूचीका मेक्सिको पर्दछ ।

मेक्सिकोमा पत्रकारहरुको हत्या हुनुको मुख्य कारण लागूऔषध तस्करी र राजनीतिक प्रेरित भ्रष्टाचारीलाई मानिन्छ ।

दण्डहीनता चरम अवस्थामा रहेको मेक्सिकोमा हत्यामा संलग्न अपराधीमाथि कुनै कानुनी कारबाही हुने गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०