थप १० देश युरोपियन युनियनको कालोसूचीमा

२९ फाल्गुन २०७५, बुधबार १२:२९ मा प्रकाशित

एजेन्सी, २९ फागुन  । युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो ।

अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको सङ्ख्या १५ पुगेको छ । सन् २०१७ बाट युरोपियन युनियनले कालो सूचीमा राख्ने प्रक्रिया शुरु गरेको थियो । पनामा पेपरस र लक्सलिक्स जस्ता भष्ट्राचारी काण्डलाई सन् २०१७ मा समेटिएको थियो ।

युरोपियन युपियनले अन्य सात राष्ट्रलाई भने खैरो सूचीमा राखेको जनाएको छ । अरुबा, बेलिज, बरमुडा फिजी, ओमन, भानुआतु र डोमिनिका खैरो सूचीमा परेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो