नेपाली अनुहारका दलालको हातमा देश ः महासचिव बादल

१४ श्रावण २०६९, आईतवार १९:३२ मा प्रकाशित

काठमाडौं, १४ साउन । मुलुकमा राष्ट्रियताविरोधीको हालीमुहाली चलेकाले त्यसको रक्षाका लागि नयाँ शक्तिका रूपमा नेकपा माओवादी गठन गर्नुपरेको सो पार्टीका महासचिव रामबहादुर थापा ‘बादल’ले जनाएका छन् । नेपालीको भविष्य नेपालीले नै गर्ने कि विदेशी शक्तिले भन्ने यतिबेला मुख्य चुनौती रहेको नेता बादलले बताए ।
आज पोखरामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै बादलले भने, ‘१७ पटकसम्म मतदान गर्दा प्रधानमन्त्री चयन नहुने तर विदेशी शक्तिले चाहेमा एकैपटकमा हुने अवस्था सिर्जना हुनुले गम्भीर समस्या पैदा भएको छ ।’, उनले संविधानसभाको विघटनपछि सरकार परिवर्तन नहुनु पनि विदेशी रिमोट कन्ट्रोलले काम गरिरहेको बताए ।
महासचिव थापाले नेपालको इतिहासमा अहिलेको सरकार सबैभन्दा बढी भ्रष्ट भएको दाबी पनि गरे । शान्तिप्रकृया सुरुसँगै मुलुकमा भ्रष्टाचार मौलाएकोमा अहिलेको सरकार सबैभन्दा अगाडि रहेको उनले दाबी गरे । ुपञ्चायत र बहुदलीय व्यवस्थामा पनि यति धेरै भ्रष्टाचार भएनु, पार्टीको तमुवान् तथा कास्की जिल्ला कार्यालयको आइतबार उद्‍घाटन गर्दै थापाले भने, अहिलेको सरकारले भ्रष्टाचारमा रेकर्ड तोडेको छ ।ु उनले ६ वर्षयता दण्डहीनता मौलाएको र पुराना पार्टी पनि भ्रष्टाचारमा लिप्त भएको बताए ।
सुगौली सन्धीदेखि बिप्पा संझौता र विमानस्थलको व्यवस्थापन भारतीयलाई दिने तयारी नेपाल र नेपालीविरुद्ध रहेको उनको भनाइ थियो । ुयतिबेला केही नेपाली अनुहारका दलाल, तस्कर, गुण्डा र डन विदेशी शक्तिलाई रिझाउन लागिपरेका छन्, उनले भने ।

उनले एमाओवादीमा साँस्कृतिक र आर्थिक विचलन आएको आरोप लगाउँदै अनैतिक र अमर्यादित काममा सक्रिय रहेको बताए । हिजो जनताका लागि लड्ने, मर्ने एमाओवादी आज जनविरोधी भयो, रक्षक मानिएकोमा भक्षक बनेको भन्दै उनले कुनैबेलाका नायकनायिका अहिले कार्टुन बनिरहेको भन्दै कटाक्ष गरे । अब ३र४ नेता बसेर राजनीतिक निकास नहुने भन्दै सर्वपक्षीय गोलमेच सभा र संयुक्त सरकार गठन गरी निकास निकाल्नुपर्ने उनले दोहार्‍याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनामा जाने बताएका छन् । काठमाडौँमा आज (मंगलबार) नेपाल ट्रेड

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका

जाकर्ता । इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा (माछा मार्ने व्यक्ति) बेपत्ता भएका छन् । डुंगा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले आज (मंगलबार) दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक

आजको प्रमुख समाचार