भोजनगृहको भेलामा नयां मार्गचित्रको खोजी

१४ श्रावण २०६९, आईतवार १८:५८ मा प्रकाशित

काठमाडौं, १४ साउन । स्वतन्त्र नागरिक समुदायमा आवद्ध विभिन्न व्यक्तिहरुले ताजा जनादेशद्वारा मात्र राजनीतिक समस्याको समाधान सम्भव भएको सुझाव दिएका छन् । डिल्लीबजारस्थित भोजनगृहमा आइतवार आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले संविधानसभाको पुनर्वहाली होइन स्थानीय र संसदको निर्वाचन गरेर नयां मार्गचित्रको खोजी गर्नुपर्ने बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता कुमार रेग्मीले प्रजातान्त्रिक पद्दतिमा आधारित संविधान बनाएर संविधानवादको रक्षा गर्न निष्पक्ष व्यक्तिहरुको सरकार गठन गरेर संसदको निर्वाचन गर्नुपर्ने बताए भने प्रा. हिरण्यलाल श्रेष्ठले चीन र भारतबीच सन्तुलन कायम गर्न वर्तमान सरकार असफल भएको धारणा राखे ।
कार्यक्रममा द हिमालयन टाइम्सका सम्पादक अजयभद्र खनालले परिवर्तनको वाहक हुनुपर्ने दलहरु परिवर्तनकै बाधक भएको दाबी गरे । यस्तै, विश्लेषक देवेश झाले सामरिक दृष्टिले नेपाल विश्वकै केन्द्रविन्दु बन्दै गएको उल्लेख गरे । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले क्रान्तिको सिलसिला रोकेर निर्माणको अध्ययन सुरु गर्नुपर्ने बताए । नेपाली कांग्रेसका आनन्दसन्तोषी राईको भारणाचाहिं प्रजातन्त्रमा हरेक जातको पहिचानको रक्षा हुनुपर्ने भन्ने थियो ।
पत्रकार तथा स्तम्भकार नम्रता शर्माले दलहरुका राष्ट्रघाती क्रियाकलापको सबैले विरोध गर्नुपर्ने धारणा राखिन् । जलस्रोतविद् रत्नसंसार श्रेष्ठ नेपालीले संविधानसभाको विघटनले राष्ट्र विखण्डन हुने संभावना टरेको विश्लेषण गरे । स्तम्भकार सौरभले ठूला दलहरुलाई दबावमा पारेर विदेशीहरुले ठाडो निर्देशन दिइरहेको आरोप लगाए । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले राष्ट्रिय सहमतिका नाममा दलका नेताहरुले राष्ट्रघात गर्न खोजेको आरोप लगाउंदै राष्ट्रवादी शक्तिले पहरेदारी गर्नुपर्ने सुझाए ।
कार्यक्रममा प्रा.डा. सुरेन्द्र के.सी., सीमाविद् वुद्धिनारायण श्रेष्ठलगायतले राष्ट्रिय हितका सवालमा यस्तो भेलाले सचेतकको भूमिका खेल्नुपर्ने सुझाव दिए । भरत बस्नेतको संयोजकत्वमा सम्पन्न सो भेलाका वक्ताहरुले राष्ट्रवादी शक्तिको एकतामा जोड दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत