मेरो योजना नेपाली अमेरिकनको सर्वस्वीकार्य एनआरएनए : सञ्जय थापा

२८ फाल्गुन २०७५, मंगलवार ०७:२५ मा प्रकाशित

न्युयोर्क ।  गैर आवासिय नेपाली संघ, (एनआरएनए) अमेरिकाको २०१९-२०२१ कार्यकालका लागि अगुवा नेपाली अमेरिकन एवं अभियन्ता सञ्जय थापाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

अभियन्ता सञ्जय थापाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणासंगै नेपाली अमेरिकनको सर्वस्वीकार्य एनआरएनए बनाउने आफ्नो योजना समेत सार्वजनिक गरेका छन् ।

मैले एनआरएनए अमेरिकाको दुई बर्षे कार्य अनुभवलाई अझ संस्थागत बनाउँन र समुदायको हितमा अझ कसरी स्थापित गर्न सकिन्छ भन्ने उद्देश्य अनुरुप संघको आगामी कार्यकाल (‪२०१९-२०२१‬) को लागि अध्यक्ष पदमा उमेदवारी दिने निणर्य गरेको छु ।

संघमा हाल विद्यमान विकृित बेथितिहरुको स्थायी निवारण गरेर संस्थागत विकास र बिस्तार गर्न नेतृत्व पंक्तिमै उभिनु पर्ने सत्यलाई स्वीकार्दै यहाँहरुको सहयोगको अपेक्षा समेत राखेकोछु । संघको “नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन नेपाली समुदायकै हक, हित र अधिकार प्राप्तिको लागि भरमग्दुर प्रयास गर्नेछु । जसको लागि मेरा प्रतिबद्धताहरुलाई बुँदागत रुपमा प्रस्तुत गर्न चाहन्छु ।

१) एनआरएन अमेरिकाको स्थापनाकालदेखि हालसम्म संस्थागत रुपमा समयानुकुल परिमार्जित हुँदै आएको विधान र यसले निर्देश गर्ने योजना र कार्यक्रमलाई प्रमुखताका साथ सम्पन्न गर्नेछु । जसको लागि संघको उद्देश्य प्राप्तिको लागि सम्बन्धित निकायमा संस्थागत पहल गर्नेछु ।

२) संघको सदस्यता वितरण हालको भन्दा अझ सरल, प्रभावकारी र विश्वश्नीय बनाउँदै सदस्यको व्यक्तिगत विवरणलाई गोपनीय र भरपर्दाे तरिकाले अभिलेख राखिनेछ । साथै अमेरिकी कानुन वमोजिम दर्ता भई केन्द्रिय स्तरमा कृयाशिल सामाजिक संघ/संस्थाका प्रमखुहरु, विभिन्न क्षेत्रका विज्ञहरु, नेपाल सरकारका अवैतनिक वाणिज्य दुतहरु सहित कम्तिमा ३३ प्रतिशत महिला सहभागिता रहेको सल्लाहकार समिति गठन गरी संस्थालाई समयानुकुल र समावेशी बनाउँनेछु ।

३) बिभिन्न समयमा हुने गरेका आकस्मिक घटना/दुर्घटनामा परेका पीडित परिवारलाई उचित क्षतिपूर्तिको लागि सम्बन्धित पक्षसँग पहल गर्नुका साथै प्रत्येक सदस्यको लागि कम्तिमा ५० हजार अमेरिकी डलर बराबरको जीवन बिमा गर्न/गराउनको लागि अमेरिकी सरकार, राज्य र बिमा कम्पनीसँग आवश्यक पहल र प्रक्रिया अघि बढाउँनेछु ।

४) नेपालीहरुको घना आवादी भएको ठाउँहरुमा आवश्यकता अनुसार नेपाल सरकारको सेवा सुलभ तरिकाले उपलब्ध गराउन आवश्यक पहल गर्नेछु । साथै बिभिन्न राज्यमा रहेका नेपालीहरुको सीप र दक्षता अभिबृद्धि गराई आर्थिक स्तर बढाउँनको लागि अमेरिकाका सरकार र स्थानिय निकायसँग संस्थागत समन्वय गर्नेछु ।

५) अमेरिकाको बिभिन्न राज्यमा स्थापित नेपाली संघ/संस्थाहरुसँग एनआरएन अमेरिका र मातहतको च्याप्टरसँग आवश्यक समन्वय गरी नेपाली भाषा, कला, साहित्य, संस्कृति र खेलकुद लगायतका अन्य गतिविधिहरुको प्रर्वद्धन र प्रवर्तनको लागि आवश्यक पहल गर्नेछु ।

६) अमेरिकामा रहेका नेपालीहरुको नियमित र आकस्मिक समस्या समाधानको लागि कानुनी परामर्श, उपचार र अन्य सेवाको लागि एनआरएन हटलाईन र हेल्प डेस्कको प्रभावकारी व्यबस्था गर्नेछु ।

७) नेपाली राजदूतावास, वाणिज्य दूतावास, तथा अन्य सरकारी कार्यालयका प्रतिनिधिहरुको काम कारवाहीलाई अझ सर्वसुलभ र प्रभावकारी बनाउन सम्बन्धित संघ/संस्थाहरुसँग समन्वय गरी अमेरिकामा रहेका नेपालीहरुले तुरुन्तै सेवा पाउँन सक्ने गरी बिशेष कार्य योजना ल्याउँनेछु । साथै संघले नेपाली दूतावाससँग समन्वय गरी तत्काल अस्थायी सचिवालय र निकट भविष्यमा स्थायी कार्यालयको स्थापनाको लागि पहल गर्नेछु ।

८) नेपाल र अमेरिकाबीचको विद्यमान दोहोरो कर प्रणालीको अन्त्य गरी अमेरिकामा रहेका नेपालीले नेपालमा लगानी अभिवृद्धि गर्न/गराउँन अमेरिकी सरकारसँग समन्वय गर्नेछु ।

९) दोहोरो नागरिकता नियमावली सम्बन्धी आईपर्ने कुनै पनि अप्ठ्यारा र झन्झट भएमा नेपाल सरकारसँग अविलम्ब समन्वय गर्ने र दोहोरो नागरिकताको प्रमाणपत्र राजदूताबास लगायत अन्य कुटनीतिक कार्यालयबाट उपलब्ध गराउँन आवश्यक पहल कदमी गर्नेछु ।

१०) नेपाल र अमेरिकाको बिभिन्न गाउँ, नगर र शहरबीच भगिनी सम्बन्ध स्थापित गर्न सम्बन्धित निकायमा पहल गर्नुका साथै विश्वविद्यालय र अन्य शैक्षिक संस्थामार्पmत दुवै देशबाट “स्टुडेन्ट एक्चेञ्ज” जस्ता कार्यक्रमको लागि समन्वय आवश्यक पहल गर्नेछु ।

११) “नेपाल भ्रमण २०२०” लाई प्रत्यक्ष रुपमा सहयोग पुर्याउनको लागि अमेरिकाको बिभिन्न शहरहरुमा मेला, महोत्सव र परेडहरुको आयोजना गर्नुका साथै सम्बन्धित निकायमा नेपाल भ्रमणको लागि नेपाल सरकार र एनआरएनको पहलमा संस्थागत निमण्त्रणा गरिनेछ ।

१२) अमेरिका आई बिभिन्न क्षेत्रमा बिशेषज्ञता हासिल गरेका र आ–आफ्नो ज्ञान र सीपको माध्यमबाट नेपालको समृद्धिको निम्ति योगदान गर्न तत्पर अमेरिकाबासी नेपालीहरुलाई त्यस्तो योगदान गर्न सक्ने वातावरणको निमार्ण गर्न एनआरएनले त्यस्ता बिशेषज्ञहरुको पुल निमार्ण गरी वहाँहरुको बिशेषज्ञता र नेपाल सरकारको आवश्यकता मिल्दो–जुल्दो व्यत्तित्वहरुलाई नेपाल सरकारसँग प्रत्यक्ष सहभागी भई कार्य गर्ने वातावरणको निमार्ण गर्न आवश्यक पहल गर्नेछु ।

र अन्तमा निर्वाचन निस्पक्ष र स्वतन्त्र होस भन्ने हेतुले सदस्य बन्ने अभियानमा केहि कडाई गरिए तापनि साँेचे जस्तो हुन नसकेको अनुभुति भएको कारण निर्वाचन आयोसँंग निम्न मागहरु राख्न चाहन्छु ।

क. One Device (IP) One Vote गर्नु पर्ने ।

ख Verification Code सदस्यता आवेदनमा प्रयोग भएको फोन नम्बरमा मात्रै उपलब्ध गराउनु पर्ने ।

ग. अध्यक्षको उमेदवारको एउटा प्रतिनिधि निर्वाचन अनुगमनमा राख्नु पर्ने र निर्वाचन आयोगले गर्न लागेको सवै कामको जानकारी उक्त प्रतिनिधिलाई उपलब्ध गराउनु पर्ने ।

घ. निर्वाचन आयोगको कुनै पनि सदस्यले Software को Adimin /Access लिन नपाउने ।

ङ. निर्वाचनको परिणाम ईमेलबाट नभएर कम्प्युटरको सिस्टमबाटै निर्वाचन आयोगलाई पठाउने र निर्वाचन आयोगले त्यसैको आधारमा निर्णय सार्वजनिक गर्नु पर्ने ।

“सवल, सक्षम र समवेसी एनआरएन” निमार्णमा यहाँहरुको भूमिका अहम् र अवर्णनिय रहनेछ । यहाँहरुको निरन्तर निगरानीले नै “हाम्रो एनआरएन” लाई “राम्रो एनआरएन” बनाउँन सम्भव छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोल्याण्ड । एनआरएनए पोल्याण्डको २०२१-२०२३ को लागि पंजीकृत सदस्यता शुल्कमा पुनर्विचार गर्दे घटाएको छ। एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी “अन्य

पोल्याण्ड । प्रवासी नेपाली मञ्च पोल्याण्डले गैरआवासीय नेपाली संघ पोल्याण्डको पंञ्जीकृत सदस्यता शुल्क घटाउन माग गरेको छ। प्रवासी नेपाली मञ्च

इन्डियानापोलिस । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले आगामी सेप्टेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक फिर्ता ल्याउने बताउनुभएको छ ।