‘सबैकी आमा’ दिलशोभालाई अमेरिकाबाट सहयोग

१४ श्रावण २०६९, आईतवार १८:२२ मा प्रकाशित

 काठमाडौं, १४ साउन । अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुले बेसहारा बृद्धा तथा द्धन्द्धकालमा बुबाआमा गुमाएका टुहुरा बालबालिकाहरुको पालनपोषण गर्दै आएकी दिलशोभा श्रेष्ठलाई आर्थिक सहयोग गरेको ओक्लाहोमाबाट दुर्गाजंग केसीले जनाएका छनु । अमेरिकाको ओक्लाहोमा राज्यस्थित स्टिल्वाटर शहरमा अध्ययनरत तथा त्यहाँ बसोबास गर्ने नेपालीहरुले आफ्नो व्यक्तिगत इच्छा आंकाक्षाबाट माथि उठेर दिनरात बेसाहारा वृद्धा तथा टुहुरा बालबालिकाहरुको सेवामा समर्पित ‘आमाहरूकी पनि आमा’ काठमाडौं रविभवनकी श्रेष्ठको साहसिक पूण्यकर्मदेखि प्रभावित भई त्यहाँ बसोबास गर्ने नेपालीहरुले आमाघरको सहयोगार्थ एक लाख पचहत्तर हजार एक सय त्रिचालिस रुपैयाँ सहयोग पठाएका हुन् । दिलशोभाले रविभवनस्थित आफ्नै घरमा करिव ८५ जना बेसाहारा वृद्धा तथा बालबालिकाहरुलाई पालनपोषण गर्दै आउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी