नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

२६ फाल्गुन २०७५, आईतवार ०६:११ मा प्रकाशित

न्युयोर्क, २५ फागुन । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले महासचिव एन्टोनियो गुटरेससमक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

त्यस अवसरमा महासचिव गुटरेसले हालै नेपालमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित अन्यको निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले शनिबार जनाएको छ ।

महासचिव गुटरेसले स्थायी प्रतिनिधि राईको स्वागत गर्दै नेपालसँगका आफ्ना विगतका सम्झना सुनाउनुका साथै संयुक्त राष्ट्रसङ्घका उद्देश्य र लक्ष्यप्रति नेपालबाट प्राप्त ऐक्यवद्धता एवं समर्थनको सराहना गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट महासचिव गुटरेसलाई अभिवादन गर्दै स्थायी प्रतिनिधि राईले नेपालको विकासका साथै शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।

उहाँले अन्तर्राष्ट्रिय चासोका महत्वपूर्ण विषयका साथै निःशस्त्रीकरण, शान्ति स्थापना, दिगो विकास र मौसम परिवर्तनजस्ता मामिलामा नेपालले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय

इन्डियानापोलिस । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले आगामी सेप्टेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक फिर्ता ल्याउने बताउनुभएको छ ।

न्यूयोर्क । अमेरिकाको साउथ क्यारोलाइनामा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । दुई बालबालिकासहित पाँचजनाको