मधेसमा प्रधानमन्त्री र सञ्चारमन्त्रीका पुत्ला जल्दै

१४ श्रावण २०६९, आईतवार १७:३३ मा प्रकाशित

काठमाडौं, १४ साउन । मधेशी पत्रकारहरुको सम्बन्धमा सरकार मौन रहेको भन्दै मधेशका जिल्लाहरुमा आज प्रधानमन्त्री डा. बाबुराम भट्टराई र सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवको पुतला जलाइने भएको छ । ‘समावेशी सञ्चार’को माग गर्दै दुई सातादेखि आन्दोलनरत मधेशी पत्रकार सम्वद्ध ३० वटा संस्थाहरु मिलेर सरकारी उपेक्षाको विरोधमा प्रधानमनत्री तथा सञ्चारमन्त्रीको पुतला दहन गरिन लागेको मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले बताएका छन् । उनका अनुसार अहिले केहीबेरमा विराटनगर, राजविराज, लहान, जनकपुरधाम, भैरहवा र बीरगंजमा प्रधानमन्त्री तथा सञ्चारमन्त्रीको पुतला जलाइने छ । मधेसी मुलका सञ्चारमन्त्रीले मन्त्रीपरिषदबाट मधेशी पत्रकारहरुमो माग सम्बोधन गराउने आश्वासन दिएपनि त्यो पूरा नभएपछि मधेशी पत्रकारसम्वद्ध सञ्चारकर्मीहरुले पुतला दहन गर्न लागेको हो । ‘साम्प्रदायिक सञ्चार विखण्डनको आधार, समावेशी सञ्चार एकताको आधार’ नारासहित १३ बुँदे माग राख्दै मधेशी पत्रकार सम्बध संस्थाहरुले गत साउन दुई गतेदेखि रिले अनसन गर्दै आएका छन् । मधेशी पत्रकारसम्वद्ध संस्थाहरुको आन्दोलनलाई नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार महासंघ, नेवा पत्रकार दवु, सञ्चारिका समुहलगायत चार दर्जनभन्दा बढि संंस्थाले समर्थन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका